Sorry, that menu does not exist.
 

गुल्मीका सन्चारकर्मीहरुलाई कांग्रेसले पठायो पिपिइ सेट

गुल्मी २०७७ जेठ २२ । नेपाली काङ्ग्रेस गुल्मी काठमाडौ सम्पर्क समितिले गुल्मीका सन्चारकर्मिहर्लाइ पिपिइ सेट पठाएको छ । कोरोना संक्रमण बाट बच्दै समाचार सम्प्रेषण गर्न सकुन भन्ने सोचका साथ सम्पर्क समितिको बिपद ब्यबस्थापन बिभागले पठाएको २५ थान पिपिइ सेट प्रेस युनियन गुल्मीले बिहिवार नेपाल पत्रकार महासङ्ग गुल्मी शाखालाइ हस्तान्तरण गरेको छ । सेट बुझ्दै महासङ्ग्का अध्यक्ष नवराज भुसालले सहयोगदातालाइ धन्यबात दिदै तत्काललाइ अग्रोमोर्चामा रहेर काम गर्ने सन्चारकर्मिहरुलाइ दिने र थपलाइ मगाउन लागिएको बताए ।

उक्त सेट नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ , प्रेस युनियनका अध्यक्ष्ँ रेशम कुँवर लगायतका नेताहरुले महासंग अध्यक्ष भुसाललाई हस्तान्तरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !