Sorry, that menu does not exist.
 

उच्च ज्वरोका कारण रिघा क्वारेन्टाईनमा रहेका युवक अस्पतालको आईसोलेसन कक्षमा !

सोम शर्मा, बागलुङ २०७७ जेठ २० । गल्कोट नगरपालिका ११ का २३ बर्षिय युवकलाई कोरोनाको आशंकामा धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । गल्कोट रिघाको क्वारेन्टाइममा रहेका उनलाइ एक्कासी उच्च ज्वरो आएपछि अस्पतालमा ल्याइएको धौलागिरी अस्पतालका सुचना अधिकृत तिर्थ गौतमले जानकारि दिए। यद्यपी उनको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !