सोम शर्मा, बागलुङ २०७७ जेठ १९ । बागलुङ जिल्लामा एम्बुलेन्स सेवालाई सरल भरपर्दो र व्यवस्थित गर्न तथा एम्बुलेन्स सेवामा जनताको पहुँच बढाई सेवाको गुणस्तर बृद्धि गर्न कोभिड १९ को संक्रमण नियन्त्रण रोकथाम र उपचार लगायतका कार्यहरु सन्चालन गर्ने अवधिमा एम्बुलेन्स सेवा सन्चालन व्यवस्थापन र अनुगमनलाई निरन्तार दिन केहि निर्णयहर भएका छन् ।
प्रमुख जिल्ला अधिकारी एवं एम्बुलेन्स सेवा सन्चालन समितिका संयोजक गौलोचन सैजुको अध्यक्षतामा सम्पन्न समितिको बैठकले नेपाल सरकारबाट भन्सार छुट लिई विभिन्न संस्थाहरुबाट सन्चालित एम्बुलेन्सहरुले बिगत केहि दिन बिभिन्न बाहानामा बिरामी बोक्न आनाकानी गरेको बिरामी बाहेकका मानिसहरुलाई ओसार पसार गर्ने गरेको बिल भर्पाई नदिई भाडा बुझेको गुनासा आएकोले एम्बलेन्स सन्चालन गर्ने संघसंस्था, चालकहरुलाई अहिलेको अवस्थामा कुनैपनि बहानामा बिरामी बोक्न अस्विकारस्थानी नगर्ने, कोभिड १९ को सम्भावित जोखिम न्यूनिकरण गर्न सबै एम्बुलेन्स सन्चालकहरुले स्थानीय तह, प्रहरी चौकी, स्वास्थ्य चौकीको समन्वयमामात्र सन्चालन गर्ने, बिना कारण चालकलाई बिदा नराख्ने तोकिएको ठाउँमा बिरामी बोकी जान नमान्ने वा विभिन्न बाहना बनाएर बिरामीलाई अस्पताल सम्म लैजान आनाकानी गर्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिई खारेजी सम्मको प्रकृया अगाडी बढाउने लगायत विभिन्न निर्णय गरेको छ ।
बैठकले आकस्मिक उपचार सेवा व्यवस्थित गर्न र समयानुकूल एम्बुलेन्सको भाडा निर्धारण गर्न सिफारिसका लागी स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँको संयोजकत्वमा ६ सदस्यीय अनुगमन उपसमिति गठन गरेको छ । उपसमितिको अन्य सदस्यहरुमा धौलागिरी अस्पताल, नेपाल रेडक्रस बागलुङ र सम्वन्ति स्थानीय तहको प्रतिनिधी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमबहादुर केसी र जिल्ला प्रशासन कार्यालयका नासु रामप्रसाद उपाध्याय रहेका छन् ।
बैठकमा प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरी, मेसु डा शैलेन्द्र बिक पोखरेल, जिसअ दुर्गा प्रसाद शर्मा, रेडक्रस सदस्य भवानी प्रसाद शर्मा स्वास्थ्य प्रमुख सुरज गुरौँको उपस्थिति रहेको थियो भने विशेष उपस्थितिमा नगरप्रमुख जनकराज पौडेल, उपअनुसन्धान निर्देशक नरेन्द्र राज गिरी, सशस्त्र प्रहरी नायव उपरीक्षक बासुदेव लोहनी, प्रशासकीय धिरेन्द्रराज पन्त तथा तथ्यांक अकिकृत घनश्याम सापकोटा लगायत एम्बुलेन्स सेवा सन्चालन गर्ने संस्थाका सन्चालक एवं चालकहरुको उपस्थिति रहेको थियो ।