सुन्दर सपनाहरु टुट्छन र त घायल छु म
सजाउन नपाउदै फुट्छन र त घायल छु म !
कस्लाई बिस्वास गर्नु बिस्वासको नै खडेरी छ
आफ्नै मान्छेहरुले नै लुट्छन र त घायल छु म !
बेवारिस्य जीवन कहिले कहाँ कहिले कहाँ
साथ दिनेहरु नै छुट्छन र त घायल छु म !
***
यो मनको बेदना समुन्द्री छालले कहाँ बुझ्छर
यो मनको हलचल स्थिर तालले कहाँ बुझ्छर
कस्लाई सुनाउ कस्लाई पोखु यो मनको कथा
पुराना ति कुराहरु फेरिरहने सालले कहाँ बुझ्छर !
***
माया गर्नु कसैको मन मुटु दुखाउनलाई होईन
एक आपसको मनको कुरा लुकाउनलाई होईन
माया गर्ने ब्यक्तिपिक्ष आफ्नै तरिका हुन्छ होला
सिन्दुर पोते लाएपछी फेरी फुकाउनलाई होईन !
***
बेहोसी पछी होस्मा आउनेलाई के भन्नु र खै
बिना कारण जोस्मा आउनेलाई के भन्नु र खै,
सर्पले झै काचुली फेर्छन परिवर्तित मान्छेहरु
तरल पछी ठोसमा आउनेलाई के भन्नु र खै ?
***
नसा पिउन नजान्नेहरु भन्छन शराब हो जिन्दगी
जीवन जिउन नजान्नेहरु भन्छन खराब हो जिन्दगी
म त भन्छु सबै कुरा आफ्नो हातको खेल न हो
फाटेपछी सिउन नजान्नेहरु भन्छन धराप हो जिन्दगी !
झलक काउचा,
बागलुङ
हाल- दक्षिण कोरिया ।