Sorry, that menu does not exist.
 

हुग्दिशिर प्रावि पोखराचौरमा १२ बेड्को क्वारेन्टाइन निर्माण !

केशवराज क्षेत्री, २०७७ जेठ १४ । हुग्दिशिर प्रावि पोखराचौरमा १२ जना अट्ने गरि क्वारेन्टाइन निर्माण गरिएको छ । बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर स्थित साविकको वडा नम्बर ५ मा रहेको हुग्दिशिर प्राथमिक विद्यालयमा बुधबार स्थानिय युवा,समाजसेवी र शिक्षकहरुको सहयोगमा सामाजिक दुरि कायम गर्दै विद्यालय वरपर छेकबार,सरसफाई र बिस्तारा बनाउने कार्य गरिएको विद्यालयका प्रध्यानाध्यापक जग बहादुर काउचाले बताए ।

रोजगारीको लागि भारत गएका र अहिले रोजगार नपाइ अलपत्र अवस्थामा रहेका स्थानियहरु आउने क्रम रहेकाले पुर्व संयमित भै क्वारेन्टाइन निर्माण गरिएको प्रअ काउचाले जानाकारी दिए ।
उनले भने “भारतमा भएका यहाँका स्थानियहरु आएमा यस विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा नअट्ने सम्भावना छ । “नअटेमा अन्य क्लबका भवन, आमासमुहका भवन प्रयोग हुने बताएको छ ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई दाल भात तरकारीको लागि भने पालिकाले सहयोग गर्ने र अन्य बढी खर्च बिस्ताराहरु भने आफ्नो घरघरबाट लैजानुपर्ने बरेङ गाउँपालिकाका प्रसाशकिय अधिकृत रमेस थापाले बताए ।

त्यस्तै कोरोना भाइरसको कारण अलपत्र अवस्थामा रहेका बाहिरबाट आउनेको सख्या बढिरहेकोले पालिकाले गाउँपालिका भित्रका प्रत्येक विद्यालयलाई क्वारेन्टाइन बनाउने गरि यश अघि नै नीति बनाइसकेर लागू समेत गरिसकेको पालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !