रामप्रसाद घिमिरे/सोम शर्मा, बागलुङ २०७७ जेठ १४ । बागलुङ जिल्लाको सुदूर पश्चिममा कोरोना संक्रमण देखिएको छ । हालै मात्र भारतबाट घर फर्किएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तमानखोला गाउपालिका स्थित धनगौ ज्योति माबि र बडीगाड गाउपालिका स्थित त्रिभुवन माविको क्वारेन्टाईनमा रहेका १६ जनाको स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षण गरिएको मध्ये ६ जनाको रिपोर्ट पोजेटिव आएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशकव्दारा जारी विज्ञप्तीमा उल्लेख छ ।
तमानखोलाका संक्रमितहरुमा २१ वर्षका २ र २७ वर्षका २ गरी ४ पुरुष रहेको र बडीगाडका १९ र २० वर्षका २ जना पुरुष रहेका छन् उनिहरु ६ जनालाई धौलागिरी अस्पतालमा ल्याउने तयारी भएको छ ।