बागलुङ २०७४ बैशाख १५ । बागलुङ काठेखोला गाउँपालिका ५ बिहुँकोट सिरपालि स्थित नवयुबक आधारभूत बिद्यालयमा नमुना बाल क्लवको पुनर्गठन गरिएको छ । बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक सघं, शिक्षक, बिद्यार्थीहरुको उपस्थितमा आगामि एक बर्षको लागि नविन पुनको अध्यक्षतामा १३ सदस्यीय बाल क्लवको गठन गरिएको हो ।
क्लवको उपाध्यक्षमा पवित्रा कडेंल, सचिवमा अजय सुनार, सहसचिवमा सीता क्षेत्री र कोषाध्यक्षमा अनिषा बिक चयन भएका छन् । यस्तै सदस्यहरुमा सुनिता परियार, अर्जुन कडेंल, नविन परियार, सुशिला कडेंल, आशिष परियार, सनम परियार, आकाश परियार र विनोद परियार चयन भएका छन् । यसैगरि बाल क्लव संयोजकमा अम्मराज सेजुवाल, क्लवको संरक्षकमा प्रअ देवनारायण सापकोटा त्यस्तै सल्लाहकार समितिमा शिक्षक राजेन्द्र सापकोटा, शिक्षिक सुजाता शाक्य, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बालाकृष्ण सापकोटा, शिक्षक अभिभावक संघकी संयोजक बुद्धिमायाँ पुन र आर्थिक संयोजक धन प्रसाद सापकोटालाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै बाल क्लवका संस्थापक सयोंजक रामशरण पोखरेलले क्लवमा हालसम्म ३ लाखको कोष रहेकोमा यसलाई बिद्यार्थीको हितका लागि अक्षयकोषको स्थापना गरिने बताए ।