Sorry, that menu does not exist.
 

न्वारनको अवसर पारेर हजुर बुबाले गरिदिए नातीको रु १० लाखको बिमा !

पर्वत २०७७ जेठ १३ । पर्वत जिल्लामा न्वारानको अवसर पारेर हजुरबुबाले नातीको १० लाखको बिमा गरिदिएका छन। नेपाल लाइफ इन्स्योरेन्स क। लि का एजेन्सी म्यानेजर रामशरण पोख्रेलको नवजात छोराको ११ औं दिनका दिन न्वारानको अबसर पारी नातीको भबिष्यलाइ मध्यनजर गरि जीवन बिमा अति आवश्यक भएको अनुभुती गर्दै सकारात्मक सोचका साथ आफ्नो नातिको लागी हजुरबुबाले उक्त बिमा गरि दिएको बताए ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध नवजन्मित शिशुका बुबा रामशरण पोखरेल पेशागत बिमा अभिकर्ता संघ बागलुङका अध्यक्ष समेत रहेका छन । नातीको उज्ज्वल भबिष्यको लागि र समाजमा बिमाको सकारात्मक सन्देश प्रवाह गर्नको लागि बाबुको जीवन बिमा गरेको नवजन्मित बाबुका हजुरबुबा खेमराज पोखरेल बताए । नातीको उज्वल भबिष्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कुश्मा उपशाखा प्रबन्धक ज्ञानु कुवर अध्यक्ष पोखरेलको घरमै गएर उक्त बिमाको फारम भरेका हुन् । उक्त अवसरमा सिनियर एजेन्सी म्यानेजर घनश्याम रिजाल, एजेन्सी म्यानेजर चिरञ्जीवी रिजाल लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment