बडीगाड, २०७७ जेठ १३ । भारतबाट बडीगाड गाउपालिकाका नागरिक घर फर्कने सिलसिला जारी छ । गए राति पनि ११ जना गाउपालिकाबासी घर फर्किएका छन् । उनिहरु मध्य ४ जनालाई भानु मावि र ७ जनालाई बुद्ध माबिमा राखिएको बडीगाड वडा नं ७ का अध्यक्ष एवं द्रुत समन्वय समितिका संयोजक कृष्ण गुरुङले जानकारी दिए ।
अहिले सम्म बडीगाड गाउपालिका फर्किएका १ सय ७ जनालाई खर्वाङ स्थित त्रिभुवन नमुना मावि, ग्वालिचौर स्थित भानु माबि र भिङखाल स्थित बुद्ध माबिको क्वारेन्टाईनमा व्यवस्थापन गरिएको छ ।