Sorry, that menu does not exist.
 

धवलागिरी लघुवित्त वित्तिय सँस्थाव्दारा ढोरपाटन नगरपालिकाको प्रकोप कोषमा राहत रकम जम्मा !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ जेठ ८ । धवलागिरी लघुवित्त वित्तिय सँस्थाव्दारा ढोरपाटन नगरपालिकाको प्रकोप कोषमा राहत रकम जम्मा भएको छ ।
बुर्तिबाङ शाखाकी प्रमुख धनमाया श्रीस लगाएतका कर्मचारीको उपस्थितीमा ढोरपाटन नगरप्रमुख देवकुमार नेपाली र प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेललाई रु १० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

विश्वव्यापि रुपमा फैलिएको कारोना भईरस कोभिड १९ का कारण देश आक्रान्त वनिहरेको अवस्थामा नगरपालिकाका गरीव, विपन्न, अशक्त परिवारका निम्ती राहत होस भन्ने उदेश्यले नगरपालिकाले सञ्चालन गरेको प्रकोप कोषमा आफनो सँस्थाको तर्फदेखि रकम जम्मा गरिएको धवलागिरी लघुवित्त वित्तिय सँस्थाका बुर्तिबाङ शाखा प्रमुख श्रीसले बताईन् ।

राहत रकमको चेक प्राप्त गर्दे ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले धवलागिरी लघुवित्त वित्तिय सँस्थालाई धन्यबाद ज्ञापन गर्दे आगामि दिनमा समेत सहकार्य गर्न आग्रह गरे । नगरपालिकाले सञ्चालन गरेको प्रकोप कोषमा गण्डकी प्रदेशबाट १० लाख र दोश्रोमा धवलागिरी लघुवित्त वित्तिय सँस्थाले रु १० हजार जम्मा गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment