Sorry, that menu does not exist.
 

बडीगाड गाउपालिकामा बेरोजगारहरुको तथ्यांक संकलन सुरु !

कमल पौडेल, खर्वाङ २०७७ जेठ २ । बडीगाड गाउँपालिकामा बेरोजगारहरुको रोजगारीको लागि वडा कार्यालयमा फर्म वितरण सुरु गरिएको छ । यसै विच वडा नं. २ वडा समितिको खर्वाङमा वसेको बैठकले टोल टोलमै वडा सदस्य मार्फत वेरोजगारहरुलाई रोजगारीको लागि फारम वितरण गर्ने भएको छ। जेठ ४ गते भित्र गाउँपालिका पुर्याउने गरि शुक्रवार (आज), र शनिवार (भोलि) टोलटोलमा वडा सदस्य मार्फत फारम वितरण गरिने भएको छ ।

त्यस्तै सुकुम्वासी तथा अव्यवस्थित बसोवास भएकाहरुको पनि तथ्यांक संकलन गरि गाउँपालिका सिफारिस गर्ने, अतिविपन्न, मजदुर परिवारलाइ समस्याको आधारमा राहत वितरण गर्ने, कोभिड १९ को संक्रमण फैलिन नदिन साविक वडाहरुमा रहेका विद्यालयमा क्वारेन्टाइन निर्माण गर्ने, वडा भित्र धुम्रपान, मध्यपान, जुवातास नियन्त्रणको लागि आवश्यक काम गर्ने लगाएतका निर्णय गरेको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा गाउँपालिकाको तर्फवाट वडामा संचालित २० योजना मध्य १३ ओटा योजनाको फरफारक समेत भैसकेको र वाँकी ७ ओटा योजनाको कार्य सम्पन्न भैसकेकोले जेठ मसान्त भित्र फरफारक सक्ने निर्णय गरेको छ । त्यस्तै वडा कार्यालयले बेरोजगार नागरिकलाई साविक आफ्नो वडामा वडा सदस्यलाइ सम्पर्क गरि २ दिन भित्र फारम भर्न आह्वान गरेको छ। बैठक वडा अध्यक्ष ढाल प्रसाद शेरचनको अध्यक्षता तथा वडा सचिव योग कुमारी वि.क. को सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !