Sorry, that menu does not exist.
 

गल्कोटबाट मजदुरहरुलाई लिएर पर्सा गएको बसका चालक सहचालकको रिपोर्ट नेगेटिव !

बागलुङ २०७७ जेठ १ । गत बैशाख ११ गते गल्कोट हटियाबाट ८५ जना मजदुरहरुलाई लिएर गएका दुई बसका चालक र सहचालकहरुको स्वाब रिपोर्ट नेगेटिव आएको छ । बसमा पर्सा गएका मजदुरहरु मध्य १४ जनामा कोरोना संक्रमण पुष्टी भएपछी गल्कोट नगरपालिका सिल गरिएको छ भने लकडाउनलाई कडा गरिएको छ । बसका चालक सहचालकहरुमा संक्रमण नदेखिएपछी मजदुरहरु पर्सामा क्वारेन्टाईनमा बस्दा संक्रमित भएको हुन सक्ने आशंका बढेको छ । सो क्वारेन्टाईनमा भारतीय नागरिकपनि रहेको समाचार प्रकाशका आएको थियो।

काठेखोला गाउपालिका ५ को अमरमाबि र बागलुङ नगरपालिकाको रामरेखा क्वारेन्टाईनमा बसी रहेका व्यक्तिहरुको स्वाब परीक्षणका लागी पोखरा पठाईएकोमा उनिहरुको रिपोर्टपनि नेगेटिव आएको छ । आज विहान धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा राखिएकी गल्कोट चरौँदीकी ६५ वर्षिया महिलाको भने रिपोर्ट आईनसकेको श्रोतले बतायो ।

यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको छ । परीक्षणमा काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी दुई बसहरुमा गल्कोट हटियाबाट ८५ जना मजदुरहरु पर्सा, बारा र रौतहट गएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

8 Comments