सूचना लुकाएर राणा शासनको व्यवहार नगर्न प्रमुख आयुक्त बाँस्कोटाको आग्रह !

पर्वत २०७३ पुस २५ । पर्वत जिल्ला सदरमुकाम कुस्मा बजारमा आईतवार आयोजित नेपाल सरकारका कार्यालय प्रमुख, राजनीतिक दल र पत्रकारसँगको अन्तरक्रियामा नेपाल सरकार राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले जसले सूचना लुकाउँछ त्यसले भ्रष्टाचार बढाउने र सुशासन कायम हुन नदिने भएकाले त्यस्ता सूचना अधिकारीहरुलाई दण्डित गर्ने बताए ।

उनले जुनसुकै सार्वजनिक निकायको सूचना जतिधेरै सञ्चारमाध्यम र नागरिकलाई दियो त्यतिनै धेरै पारदर्शिता र सुशासन कायम हुने भएकाले कुनैपनि सूचना नलुकाउन सरकारी कार्यालय प्रमुख तथा राजनितिक दलहरुलाई आग्रह गरेका थिए ।

प्रमुख आयुक्त बास्कोटाले नागरिकको सूचना लिन पाउने मौलिक हक भएको बताउँदैे अहिलेको युगमा पनि सूचना लुकाएर राणा शासनको व्यवहार नगर्न समेत आग्रह गरे ।

सर्वसाधारण नागरिकले सूचना मागेमा सूचना अधिकारीले १५ दिन र कार्यालय प्रमुखले ७ दिनभित्रमा सूचना उपलब्ध गराउनुपर्ने बताउदै उनले सरकारी ओहोदामा बसेर नागरिकको अधिकार मागि खेलवाड गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

‘सूचना लुकाउनु भनेको भ्रष्टाचारलाई पश्रय दिनु हो । नागरिकको अधिकार भन्दा माथि कोहि पनि हुन सक्दैन, दिन मिल्ने र राज्यले निर्देशित गरेका सवै सुचनाहरुलाई सरकारी कार्यालयले विना हिचकिचावट दिनुपर्छ हैन भने उनिहरुमाथि परेको उजुरीउपर आयोगले कारवाहिका लागि कुनै कन्जुस्याई नगर्ने बास्कोटाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *