मल्ममा गाडी दुर्घटना, २ जना घाईते, चालकको अवस्था गम्भीर !

गल्कोट २०७३ पुस २५ । मध्यपहाडी लोकमार्गको स्तरोन्नती गर्ने काममा प्रयोग भएको पानी छर्किने ना १ ख ९८७६ न को गाडी मल्ममा दुर्घटना हुँदा त्यस्मा रहेका चालक सहित २ जना घाईते भएका छन् । घाईते मध्य चालक मेघराज नेपालीको शिरमा गम्भीर चोट लागेकोले बेहोस अवस्थामा उपचारका लागि हटिया स्थित पोलिक्लिनिकमा लगिएको छ ।

मल्म गाविस- ३ बाँसखोला र टिमुरबोटको वीच कालिमाटीमा उक्त गाडी करिब ५ बजेको समयमा पल्टिएको थियो । दुर्घटना लगत्तै स्थानीय खड्ग कालिका युवा क्लबका युवाहरुले घाईतेको उद्धार गरी उपचारार्थ हटिया पोलिक्लिनिक लगेको क्लबका सचिव चिराग रानाले इ-बागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *