Sorry, that menu does not exist.
 

महिलाहरुलाई नेतृत्व तहमा पु¥याउन लघुवित्त कार्यक्रमको भूमिका महत्वपूर्ण

सुमन जि.सी, बागलुङ २०७४ बैशाख १३ । चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसासद शर्मा पौडेलले महिलाहरुलाई नेतृत्व तहमा पु¥याउनका लागि लघुवित्त कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए ।

संस्थाले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रम अन्तर्गत कार्यक्रमको गुणस्तर वृद्वी गर्ने, कार्यक्रम मार्फत वित्तीय सेवाको पहुँच नपुगेको ठाउँहरुमा वित्तीय सेवाको पहुँच वृद्घी गर्ने, स्थानीय स्तरमा उठेका सवालहरुलाई संस्थाको केन्द्रीय तहसम्म चरणवद्घ उठान गर्ने, सदस्यहरुलाई वित्तीय रुपमा साक्षर बनाउने, कार्यक्रम मार्फत संस्थाको सेवा सुविधाहरुको बारेमा जानकारी दिई सदस्यहरुको नेतृत्व तथा क्षमता विकास गर्ने तथा कार्यक्रममा उठेका सवालहरुलाई संस्थाको आगामी आ.व. को वार्षिक कार्यक्रम, नीति तथा बजेटमा समावेश गरी संस्था सञ्चालन प्रकृया सदस्यहरुको भावना अनुसारको गराउने उद्देश्यले “हाम्रो प्रतिवद्धता, लघुवित्तमा शुद्धता” भन्ने मूल नाराका साथ वडिगाड गाउँपालीका वडा नं. २ खर्वाङ बजारमा सम्पन्न शाखा स्तरीय योजना तर्जुमा गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन गर्दै पौडेलले सो कुरा बताएका हुन । प्रमुख अतीथी पौडेलले सिवाईसी लघुवित्त कार्यक्रम बचत गर्ने तथा ऋण लीने थलो मात्र नभएर यसले ग्रामिण ईलाकामा रहेका, पछाडि परे पारिएका महिला दिदीवहिनीहहरुको आर्थिक तथा सामाजिक विकाससंगसंगै नेतृत्व तथा क्षमता अभिबृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए । सिवाईसीले लघुवित्त कार्यक्रम सञ्चालन गर्ने क्रममा देखेको महिलाहरुलाई नीति निर्माण तहमा पु¥याउने सपना आसन्न स्थानीय तहको निर्वाचनबाट पुरा हुने धारणा राखे । स्थानीय तहको निर्वाचनवाट महिलाहरु पनि नेतृत्वदायी भूमीकामा पुग्न सक्छन् भन्ने सन्देश जाओस भन्ने चाहाना सिवाईसीको रहेको पौडेलको भनाई थियो ।

संस्थाका विभिन्न १९ वटा शाखा कार्यालयहरु मध्ये हटिया, खर्वाङ, बुर्तिवाङ र वामी शाखाका संस्थाद्धारा गठित साविकका गाविस तथा न.पा. स्तरीय सञ्जालका निर्देशक, उपनिर्देशक र प्रवक्ताहरुको उपस्थिती रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ वामीका अध्यक्ष एवं सिवाईसीका विशिष्ट सदस्य सुर्दशन शाक्य, सिवाईसी नेपालका पूर्व कार्यसमिति सदस्य विष्णु राना, सिवाईसी नेपाल हटिया शाखाको तर्फवाट निर्देशक कमला खड्का, खर्वाङ शाखाको तर्फवाट हिमा खराल, बुर्तिवाङ शाखाको तर्फवाट केशकुमारी बुढा, वामी शाखाको तर्फवाट सिजन बौद्धचार्य, उद्यमी सदस्य धनवहादुर बुढा लगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमा लघुवित्त कार्यक्रममा पछिल्लो समयमा देखीएका समस्या तथा कमजोरी र यसको समाधानका लागि सदस्यहरुले गर्नुपर्ने तथा थाहा पाउनुपर्ने विषयहरु, संस्थाले उपलव्ध गराउदै आईरहेको सेवा सुविधाहरु लगाएतको विषयमा पौडेल सहजिकरण गरेका थिए ।

कार्यक्रमकै अवसरमा लघुवित्त कार्यक्रम मार्फत महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य कार्य गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने केन्द्रहरु हटिया शाखाको तर्फवाट हिस्लाङ आत्मनिर्भर महिला केन्द्र, जागरण आत्मनिर्भर महिला केन्द्र, भण्डारवन आत्मनिर्भर महिला केन्द्र, खर्वाङ शाखाको तर्फवाट गरिवि उत्थान आत्मनिर्भर महिला केन्द्र, सक्रिय युवा आत्मनिर्भर पुरुष केन्द्र, शक्ति आत्मनिर्भर महिला केन्द्र, बुर्तिवाङ शाखको तर्फवाट खुशियाली आत्मनिर्भर महिला केन्द्र, टुनिवोट आत्मनिर्भर महिला केन्द्र, उत्तरगंगा आत्मनिर्भर महिला केन्द्र र वामी शाखाको तर्फवाट जागृती आत्मनिर्भर महिला केन्द्र, सेतो गुराँस आत्मनिर्भर महिला केन्द्र र गौरीशंकर आत्मनिर्भर महिला केन्द्रले क्रमश प्रथम, द्धितीय र तृतीय स्थान हाँसील गरेकोमा नगद र प्रमाण–पत्रले पुरस्कृत गरिएको थियो । सोही अवसरमा संस्थाले समुदायमा सिवाईसी कार्यक्रम अन्तर्गत समुदायमा रहेका स–सान स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै अकालमा कसैको पनी ज्यान जान नपरोस भन्ने उद्देश्यले केन्द्रको तर्फवाट रु ५ हजार र संस्थाले रु ५ हजार प्रदान गर्ने गरी खर्वाङ शाखा अन्तर्गतका निस्ती ठुलो पहिरो आत्मनिर्भर महिला केन्द्र निस्तीखोला मुसीकोट, सिर्जना आत्मनिर्भर महिला केन्द्र नैतुल जलजला, शिखर आत्मनिर्भर महिला केन्द्र रिघा र देवीस्थान आत्मनिर्भर महिला केन्द्र दगातुन्डाँडा र बुर्तिवाड शाखा अन्र्तगत उत्रगंगा आत्मनिर्भर महिला केन्द्रमा आकस्मीक कोषको स्थापना गर्नका लागि संस्थाको तर्फवाट रकम र १÷१ थान स्टेचर हस्तान्तरण गरिएको छ । भने खर्वाङ शाखाका सदस्य सरस्वती आचार्यका छोरी सदिक्षा आचार्यले २०७२ सालको एस.ई.ई परीक्षामा सामुदायीक विद्यालयवाट उत्कृष्ठ अंक हाँसील गरेकोमा नगद रु ३ हजार र प्रशंसापत्रवाट सम्मान गरिएको छ ।

कार्यक्रममा वाढि पहिरो तथा दैवी विपत्तीवाट क्षती भएको ठाउँमा तत्काल राहत उपलब्ध गराउने हेतुले संस्थाको स्थापनाकाल देखिनै सञ्चालनमा रहेको मुष्ठिदान कार्यक्रमलाई निरन्तर दिन संस्थामा कार्यरत कर्मचारीहरु तर्फवाट वार्षिक १ दिनको तलव र लघुवित्त कार्यक्रमका सदस्यहरुले आफ्नो ईचछानुसार अन्न तथा सहयोग रकम प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यो कार्यक्रमका लागि संस्थाले छुट्टै स्वंसेवी कार्यदल गठन गरिसकेको र त्यस मार्फत तत्काल राहतका कार्यक्रमहरु सञ्चालनमा ल्याईने र सम्वद्ध सबैलाई सहयोग गर्न अध्यक्ष पौडेलले आग्रह समेत गरेका थिए ।

कार्यक्रमकै क्रममा सिवाईसी लघुवित्त कार्यक्रम अन्तर्गत गल्कोट नगरपालीका, वडिगाड गाउँपालीका, ढोरपाटन नगरपालीका र मुसीकोट नगरपालीका स्तरीय सञ्जाल गठन गरिएको छ ।

४ वटा शाखाका २१५ जनाको उपस्थिीती रहेको कार्यक्रमको अध्यक्षता संस्थाको खर्वाङ शाखाको संयोजक सीता शर्माले गरेकी थिईन । कार्यक्रममा संस्थाको प्रगतीको बारेमा जानकारी प्रवन्धक संगिता शर्मा पौडेल, स्वागत ईलाका प्रवन्धक शान्ति शर्मा र सञ्चालन संस्थाका सह–सचिव गण्डकी थापा अधिकारीले गरेकी थिईन । बैशाख ९ गते बागलुङ बजारबाट सुरुवात भएको कार्यक्रम बैशाख १२ गते खर्वाङ बजार, १३ गते तम्घास बजार गुल्मी, १४ गते, तानसेन बजार पाल्पा र १५ गते दमौली बजार तनहुमा हुने संस्थाका आन्तरीक लेखा तथा सुपरीवेक्षण अधिकृत मुक्तिप्रसाद शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply