कुकुर तरुलको पूर्जी लिएर बनआलु संकलन गर्ने बुढा पक्राउ !

रुकुम २०७३ पुस २५ । कुकुर तरुलको पूर्जी लिएर बन आलु (सात गाँठे) संकलन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुमको महत–८ बस्ने ५५ वर्षिय मोहन बुढालाई १६ बोेरा लोपोन्मुख अवैध जडीबुटीको रुपमा लिईने बन आलु (सात गाँठे) सहित प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त बुढालाई मुसिकोट ५ स्थित मुरली होटेलमा अवैध जडीबुटी लुकाई राखेको सूचनाको आधारमा प्रहरीले सोमवार विहान निजलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.