बागलुङ २०७७ बैशाख २ । बागलुङ नगरपालिकाले स्थापना गरेको फुडबैँकबाट राहत वितरण गर्न नगरपालिकाले आफ्ना पाँच जना कर्मचारीलाई जिम्मेवारी तोकेको छ । उनिहरुले सम्वन्धित वडाको सिफारिसमा एक व्यक्तिलाई ५ केजी चामल, १ केजी दाल, आधा लिटर तेल, एक केजी नून र एउटा साबुन वितरण गर्ने छन् । अन्य पालिकाहरुमा कम्तीमा एक एक बोरा चामल राहत वितरण भैरहेकोमा बागलुङ नगरपालिकाले स्थापना गरेको फुड बैँकबाट एक व्यक्तिलाई जम्मा ५ केजी चामल वितरण गरिनुलाई दरिद्रता प्रदर्शनको संज्ञा दिईएको छ ।
कोरोना भाईरसको संक्रमण रोकथाम नियन्त्रण तथा व्यवस्थापनको क्रममा नगरपालिकामा राहत वितरण गर्न वडा नं १, २, ३ र ४ मा नगरपालिका भन्दा बाहिरबाट यस नगरपालिकामा आई ज्याला मजदुरी गर्ने मजदुरहरुलाई मात्र सम्वन्धित वडा कार्यालयको सिफारिस भई आएपछी तोकिए बमोजिम खाद्यान्न सामाग्री वितरण गरी सो को वितरण गरी सो को भर्पाई पेस गर्न निर्देशन दिएको छ । नगरपालिका भित्रैका दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका गरीब, बिपन्न परिवार र मजदुरहरुलाई भने नगरपालिकाले केहि बोलेको छैन ।
पाँच जना कर्मचारीलाई दिईएको जिम्मेवारी पत्रमा परिवारका हकमा १० केजी चामल, २ केजी दाल, १ लिटर तेल, नून १ केजी र साबुन १ थान तोकिएको छ ।
यी लिंकहरु पनि पढौँ
कांठेखोला -५ बिहुँकोटका ९८ विपन्न र मजदुर परिवारलाई राहत वितरण !
निसीखोला-२ मा १८८ घरपरिवारलाई रु २ लाख १५ हजार बराबरको राहत वितरण !
गाउँमै फलेको कोदो, मकै, फापर खरिद गरेर ताराखोलाका विपन्न/मजदुरहरुलाई राहत वितरण !
निसीखोला गाउँपालिकाव्दारा विपन्न परिवारलाई १० लाख बराबरको राहत वितरण सुरु !
ग्वालीचौरमा ८२ परिवारलाई राहत वितरण ३ लाख ६० हजार राहत संकलन !
जैमिनीले कोरोना राहत कोषमा ३० लाख छुट्यायो, अलपत्र परेका श्रमिकहरुलाई राहत दिइने !