Sorry, that menu does not exist.
 

मुसिकोट नगरपालिका वडा नं ७ मा खाद्दय बैंक स्थापना गरिने

रामकृस्ण कंडेल, वामीटक्सार २०७६ चैत १६ । मुसिकोट नगरपालिका वडानं ७ मा कोरोना न्यूनीकरणको लागि वडास्तरिय समन्वय समितीको बैठक सम्पन्न भएको छ । रूद्रावती बहुमुखी क्याम्पसमा बिशेष सुरक्षा सतर्कताका नियमहरू पालना गर्दै सम्पन्न बैठकले कोरोना भाईरस सम्बन्धी समस्यालाई राज्यको निती भित्र रहेर बिभीन्न कार्यहरू सन्चालन गर्ने निर्णय भएको वडा अध्यक्ष प्रकाश काफ्लेले बताए । काफ्लेका अनुसार मुसिकोट नगरपालिका वडानं ७ भित्र खाद्दय बैंक स्थापना, वडा भित्रका टोल टोलमा खट्नेगरी सवन्वय समितीका सदस्यहरूको कार्य बिभाजन गरिएको छ । जस अन्तरगत प्रत्येक समन्वय समितीका सदस्यहरूले २५र३०घरको नियमित रूपमा रेख देख गर्ने, नयॉ प्रकारका घटनाक्रमहरू देखा परेमा तत्काल वडा समन्वय समितीको बैठक बसी आबश्यक निर्णय लिने लगायतका महत्वपूर्ण निर्णयहरू गरिएको छ। वडानं७भित्र मास्क बितरणलाई थप ब्यबस्थित गर्ने, वडाका तिन स्थानहरू महेन्द्र आदर्श, जनज्योती शेरा र भगवती आधारभुत बिद्यालय काफलटोलामा कोरेन्टाईन स्थापना गर्ने निर्णय गरिएको समेत वडा अध्यक्ष काफ्लेले बताए ।

आज वडाको आयोजनामा सम्पन्न बैठकले चुरामणी सापकोटाको संयोजकत्वमा खाद्दय बैंक स्थापना हुनु, कोरोना भाईरस समस्याको बारेमा बिधीवत छलफल हुनु र वडामा नियन्त्रणका लागी कार्य बिभाजन गरिनु उपलब्धी मुलक र अनुकरणिय कार्य भएको बैठकमा सहभागी कृस्णमुरारी सापकोटाले बताए।

बैठकमा समन्वय समितीका सदस्यहरू क्रमश सुदर्शन शाक्य, अग्निधर लोहनी, रामु तिवारी, बुध्दी प्रसाद सापकोटा, लक्ष्मण खराल, बिस्णु राना, रेणुभारी प्रधान, सुमीत्रा भन्डारी, कमल खराल, चुरामणी सापकोटा, खगराज गिरी, पुस्तकलाल श्रेस्ठ, नागरिक समाजका अगुवाहरू, सन्चारकर्मीहरू लगायतको उपस्थिती रहेको थियो। कार्यक्रम वडा अध्यक्ष काफ्लेको अध्यक्षता र सदस्य सचिब गोबिन्द कंडेलको सन्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !