शान्त खत्री मौसम ताराखोला २०७६ चैत १६ । ताराखोला गाउँपालिकाको कोरोना भाईरस (कोभिड १९) को समन्वय समितिको वैठकले विभिन्न निर्णयहरु गरेको छ । जसअनुसार कोभिड १९ को वारेमा माईकिङ गर्ने, वालवालिकाहरु र समुहमा खेल खेल्नेहरुलाई विशेष रुपले सचेत र अनुगमन गर्ने अटेरी गरेमा कानुन बमोजिम कार्वाहि गरीने र माईकिङको लागि स्वास्थ्य शाखाले संयोजन गर्ने जनाईएको छ ।
त्यस्तै भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुलाई घरमै अलग वसाइमा सल्लाह दिने र यसको दैनिक अनुगमन स्वास्थ्य कर्मिी जनप्रतिनिधि तथा सुरक्षा निकायले गर्ने, घर वसाईमा अटेरी गर्नेहरुलाई पालिकाको क्वारेन्टाइनमा राख्ने छलफल गरीएको छ ।
त्यस्तै पालिकाले ताराखोला गाउँपालिका वडा नम्वर ३ घुस्मेलिमा रहेको हिल स्वास्थ्य चौकीको पुरानो भवनमा क्वारेनटाईन वनाउने र यसको जिम्मेवारी वडा नम्वर ३ का वडा अध्यक्ष डिल वहादुर वस्नेत, ईलाका प्रहरी कार्यालयका प्रमुख युवराज सलामी मगर, प्रशासन सहायक जित सुनार, स्वास्थ्य संयोजक दिपक खड्का र हिल स्वास्थ्य चौकीका चन्द्रा वगालेलाई दिने निर्णय गरीएको छ । त्यस्तै एक वडावाट अर्को वडामा जाँदा वडाका प्रतिनिधिहरुलाई जानकारी दिने एक पालिकावाट अर्को पालिकामा जादा वडा कार्यालय ईलाका प्रहरी कार्यालय वा पालिकालाई जानकारी दिई सिफारीस लिने निर्णयहरु गरीएको छ ।
हरेक स्वास्थ्य संस्थालाई कोभिड १९ लाई मध्यनजर गरी हेल्प डेस्क सञ्चालन गर्ने र दुईवटा नाकाहरु मध्ये हरीचौरवाट आउने नाका तरीममा हेल्प डेस्क राख्ने र वाहिरवाट आउनेहरुको ज्वरो लगायतका विवरण राख्ने यसको समन्वय ईलाका प्रहरी कार्यालय र स्वास्थ्य शाखाले गर्ने अन्य नाकाहरुको लागि काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, मालिका गाउँपालिका, मंगला गाउँपालिका र नेपाली सेनासंग समन्वय गर्ने निर्णय भएको छ । पालिकामा १ मात्र एम्बुलेन्स भएकोले विरामीपरेमा सम्बन्धित वडा अध्यक्ष र स्वास्थ्य चौकी प्रमुखले विरामी गाडी नम्बर र चालकको विवरण सहितको सिफारिस अनुसार आवागमन गर्न दिने र यसको जानकारी इलाका प्रहरी कार्यालयलाई दिने निर्णय गरीएको छ । अनुगमनको लागि एउटा गाडीको व्यवस्था गर्ने र चैते दशैको पुजा लगायत मानिसहरु जम्मा भई गरीने सवै चाडपर्वहरु सामान्य घरैका सदस्यहरु मात्र जम्मा भई मनाउने निर्णय भएको छ ।
त्यस्तै ताराखोला गाउँपालिकाले आजबाट हिल स्वास्थ्य चौकिको पुरानो भवनमा १० शैयाको क्वारेन्टाईन निर्माण गरीने भएको छ । त्यस्तै भोलिबाट तरीम नाकामा हेल्थ डेस्क स्थापना संगै गाउँगाउँमा कोरोना भाईरस सम्वन्धि त्रिशुलि युवा क्लव र प्रगतिशिल युवा क्लवले माईकिङ गर्ने सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । त्यस्तै आज ताराखोला गाउँपालिका वडा नम्वर २ मा रहेको अर्गल खेलकुद विकास मञ्चले कोरोना भाईरस सम्वन्धि ताराखोला गाउँपलिकाका विभिन्न वडाहरुमा माईकिङहरु गरीएको छ ।