२९५ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाईदै !

पुस २७ गते सार्वजनिक विदा दिन सरकारलाई चौतर्फी दबाब !

बागलुङ २०७३ पुस २५ । आगामी पुस २७ गते राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९५ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी जनस्तरमा भव्यरुपमा मनाईने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत केहि अन्य राजनीतिक दलहरु, विभिन्न संघ संस्था तथा नागरिक समाजले राष्ट्रनिर्माता श्री ५ पृथ्वीको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवस मनाउन विभिन्न तयारी गरेका छन् ।

दश वर्ष पहिले सम्म सरकारले प्रत्यक वर्ष पुस २७ गतेका दिन सार्वजनिक विदा दिई श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै आएकोमा मुलुकलाई बलात् गणतन्त्र घोषित गरेपछी यस राष्ट्रिय परम्परालाई अन्त्य गर्ने काम भएको छ जसको चौतर्फी विरोध भैरहेको छ । विभिन्न राजनीतिक दलहरु लगायत संघसंस्थाहरु, बुद्धिजीवी, नागरिक समाजका तर्पmबाट परम्परागत रुपमा मनाउन र यस दिनलाई सार्वजनिक विदा घोषित गर्न सरकारलाई दबाब परिरहेको छ । नागरिकस्तरबाट श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन दबाब बढ्दै गए पनि लोकतन्त्रमा विश्वाश गर्ने सरकारले भने जनआकांक्षा सम्बोधन गर्न सकेको छैन । विभिन्न जातिय उत्सव, विदेशीका पर्व चाडहरुमा समेत सार्वजनिक विदा घोषणा गर्ने सरकारलाई सिंगो नेपालका निर्माता श्री ५ पृथ्वीको जन्म जयन्तीमा कुनै कार्यक्रम नगर्ने र सार्वजनिक विदा समेत नदिए पछी जनस्तरबाटै यसको घोर भत्र्सना तथा आलोचना भैरहेको छ ।

२०६२।०६३को जन आन्दोलन पछी संघियताको नाममा मुलुक विखण्डन तिर उन्मुख भैरहेको वर्तमान अवस्थामा श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता बढेको छ । राष्ट्रिय एकता तथा अखण्डता खलबलिने संभावना बढ्दै गएको अवस्थामा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिका र योगदानको स्मरण गर्नु समयको मागपनि हो ।

पृथ्वी जयन्ती मनाउने विषयमा छलफल गर्न कुस्मामा बसेको राप्रपा पर्वतको बैठक ।
सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य केहि दलहरुले पृथ्वी जयन्ती मनाउने कार्यक्रम घोषणा गरिसकेका छन् । राप्रपाले पचहत्तरै जिल्ला सदरमुकाममा पृथ्वी जयन्ती मनाउन पार्टीलाई निर्देशन दिएकोे छ भने यस दिनलाई सार्वजनिक विदा दिन सरकारलाई दबाब समेत दिएको छ । यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बागलुङ, पर्वत एवं म्याग्दी समितिले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् ।

यसैगरी २९५ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समिति बागलुङले बागलुङ सदरमुकाममा एक भव्य कार्यक्रमको आयोजना गरेर श्री ५ पृथ्वीनारायण शाहको स्मरण गर्दै मौसूफको योगदानको चर्चा गर्ने भएको छ ।

हिँजो आईतवार नागरिक समाज बागलुङले स्थानीय राधाकृष्ण मन्दिरमा आयोजना गरेको बैठकले श्री ५ पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवसका रुपमा मनाउन राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा २ सय ९५ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
बागलुङ सदरमुकाममा आयोजना गरिने विशेष समारोहमा प्रमुख वक्ताका रुपमा पृथ्वी विचार प्रतिष्ठानका अभियन्ता वरिष्ठ पत्रकार युवराज गौतमलाई आमन्त्रण गरिएको नागरिक समाजका सदस्य कृष्णराज शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *