Sorry, that menu does not exist.
 

कोरोनाको कहर : सुखमा शहर, दु:खमा गाउँघर … !

प्रेम सुनार,

गुल्मी २०७६ चैत ११ । शहर बजारमा कोरोना भाईरसको सक्रमण हुने डरले यति बेला शहर बजारबाट मानिसहरु गाउँ फर्किने क्रम बढ्दो छ । लामो समय देखि बुटवलको सुख्खानगरमा बस्दै आएकी गुल्मीको रेसुङ्घा नगरपालिकाकी कमला पन्थी यति बेला घर फर्केकी छन् । उनले भनिन– ‘शहर बजारमा कोरोना भाईरस सर्ने डरले बुटवलबाट झिटी झाम्टा बोकेर घर आएकी छु । ’ उनले सुख–सयलका लागि मात्र शहर बजार हुने , दुख कष्ट र केहि संकट आए गाउँ घर नै प्यरो हुने बताईन् ।
लामो समय देखि भैरहवामा बस्दै आएकी ईस्माकी दिपा बिकको परिवार पनि त्यहाँबाट घरतिर आउन लागेको बताईन । भैरहवा मै पढ्न बसेका अजय सुनार पनि त्यहाँबाट घर आउँदै छन् । काठमाण्डौ लगायतका ठुला शहरबाट मात्र होईन यति बेला प्रदेश ५ का १२ जिल्लाका सदरमुकाममा समेत मानिसको चहल पहल घट्दो छ ।

गुल्मीको उर्लेनीमा चेक पोष्ट राखेको सशस्त्र प्रहरी गुल्मको पछिल्लो एक हप्ताको तथ्याङ्क अनुसार पाल्पा बुटवल तर्फबाट यो साता ५ हजार ३२ जना मानिसहरु सदरमुकाम तम्घास उत्रिएका छन् । त्यस गुल्मीका गुल्मपति डिएसपी विनोदराज खनालले चैत्र ४ गते देखि चैत्र १० गते यो समाचार लेख्ने बेला सम्म त्यो संख्यामा तम्घासमा मानिसहरु भित्रिएका हुन् ।

तम्घास ओर्लिने मानिसहरु जिल्लाका १२ वटा स्थानीय तह मध्ये जम्मा ५ स्थानीय तहका मात्रै हुन् । मुसिकोट नगरपालिकाका जम्मा ३ वटा वाडाको वल्लो भेग , ईस्मा गाउँपालिका , मालिका गाउँपालिका , धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकाका तल्लो भेगका केहि मानिसहरु मात्र तम्घास हुँदै घर जाने गर्दछन् । धुर्कोटको ३ वटा वटा नयाँगाउँ , पिपलधारा , हाडहाडेका बासीन्दा सन्धिखर्क हुँदै शहर र घर आवत जावत गर्छन ।

मदानेको तल्लो सिर्सेनी, र भनभनेका केहि घर वस्ती मात्रै सदरमुकाम तम्घास हुँदै पाल्पा बुटवल तर्फको यात्रा आवत जावत गर्दछन् । अधिकांस मदानेका वासीन्दा पनि सन्धिखर्क कै यातायातका साधन प्रयोग गर्दछन् । रुरु क्षेत्र गाउँपालिका , छत्रकोट , सत्यवती, कालिगण्डकी, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका सदरमुकाम उतैको यात्रा गर्दछन् ।

सशस्त्र प्रहरीको पछिल्लो एक हप्तामा ५ वटा स्थानीय तहमा भित्रिएको संख्या संग १२ वटै स्थानीय तहमा भित्रिएको संख्या आँकलन गर्ने हो भने झण्डै १५ हजार गुल्मेलीहरु गाउँ फर्किएका छन् । डिएसपी खनालका अनुसार सदरमुकाम तम्घासको यातायातका साधन चढेर पाल्पा बुटवल तर्फ जानेको संख्या पछिल्लो एक हप्तामा जम्मा २ हजार ८ सय ९२ जना रहेको छ । जुन विगतको तुलनामा दोब्बर भन्दा कम हो । गुल्मीको साविक २ नम्वर क्षेत्रका मानिसहरु रिडी हुँदै यात्रा गर्ने गर्दछन् । साविक क्षेत्र नम्वर २ को रिडी देखि रेसुङ्घा नगरपालिका वडा नम्वर ३ सम्म मात्रै यात्रा गर्दछन् ।

यसरी मानिसहरु बिशेष जरुरी काम बाहेक ठुला शहर बजारमा हिड्न छाडेका छन भने ठुला शहर छाडेर धमाधम आ–आफ्नो घर–गाउँतिर जाँदै छन् । गाउँ घरको कोदो मकैको खान , दुध मोही र गाउँकै तरकारी लगायतको उब्जेनी र त्यहाँको बातबरणले ‘इम्युनिटी पावर’ बढ्ने जनबिश्वास बढ्दै जान थालेको छ ।
यस्तो छ, गुल्मेलीको इम्युनिटी पावर !
ग्रामिण भेगका बुढा पाकाहरुलाई हेर्ने हो भने पनि पहडी खानामा साँच्ची नै ‘एम्युनिटी पावर’ हुँदो रहेछ भन्ने लाग्छ । ८५ देखि ९० बर्ष सम्मका बृद्धहरुले समेत अझै घरको हलो थामेका छन् । त्यही उमेरका बृद्धा महिलाहरुले समेत घरको चुलो–चौकस चलाएका छन् । अझ रोचक उदाहरण के छ भने २ बर्ष अघि गुल्मीको अर्वेनी गाउँका ८७ बर्षको उमेमा एक जना दलित समुदायका बृद्धले ४० बर्ष उमेरकी ब्राम्हण महिला संग विवाह गरेर घर जाम गरेका थिए ।

गुल्मी कै मुसिकोट नगरपालिका ३ , चुँदरीगाउँ निवासी ८८ बर्षीया बृद्धा पुर्णकुमारी सुनार अझै घाँस काट्न जान्छिन् । अन्न पनि युवाहरुले झै टन्न खान्छीन् । उनकी नातिनी शुसिला सुनार भन्छिन हजुर आमाको त्यो उमेर सम्मको निर्गो शरिर देख्दा हामी हामी दङ्घ पर्छौ , खान पनि राम्रै खानु हुन्छ , भित्र बाहिरको काम पनि गर्नु हुन्छ ।
उनका श्रीमान, एक मात्र छोरा गोमबहादुर सुनारलाई जन्मेको ६ महिनामा छाडेर भारत गई ५० बर्ष सम्म बेपत्ता भएका थिए । उनी घर फर्केलान् भन्ने आशा मारेको बेला उनी बेपत्ता भएको ५० बर्ष पछि घर फर्किएका थिए । यसरी सुख पाउने बेला सम्म भारत र स्वदेश कै शहर बजार र तराई तिर गएर बर्षऔं पछि घर फर्केका मानिसको उदाहरणहरु धेरै छन् ।

गुल्मी कै हस्तीचौरका गुञ्जबहादुर बिकका भाई पनि भारतमा बेपत्ता भएकी ४८ बर्ष पछि घर आएका थिए । पाहडी खानपिन र बातरवरणमा दम छ भन्ने उदाहरणकी अर्की पात्र हुन धुर्कोट गाउँपालिका वडा नम्वर ५ वस्तुकी १ सय ३ बर्षीया बृद्धा अम्विका सुनार ।
त्यो उमेरमा उनी हिडेर माथी करिव २० मिनेटको उकालो हिडेर धुर्कोट गाउँपिालिकाले स्थापना गरेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुग्छिन । उनी संगै उनका छोरा बलबहादुर सुनार पनि जेष्ठ नागरिकको हैसियतले त्यस केन्द्रमा आउँछन । ६५ बर्ष उमेरका उनका छोरा सुनार आमा त्यो उमेर सम्म हिडडुल गर्ने देखेर खुशी प्रकट गर्दछन् ।
ती बृद्धाले त्यस दिवा सेवा केन्द्रमा आई फलफुल अन्य नास्ता खान्छिन र भजनमा झमेर मनोरञ्जन लिन्छिन् । उनी संगै सय बर्ष उमेर पुगेकी कालि सुनार पनि हिडेर त्यहाँ सम्म पुग्छिन् । गाउँ घरको खान पिन र हावा पानी समेत पौष्टिक भएका कारण त्यो उमेर सम्म पनि बृद्ध बृद्धाहरु निरोगी भई बाँचिरहेको ठम्याँई छ त्यस दिवा सेवा केन्द्रका अध्यक्ष युवाराज भण्डारीको ।

त्यस केन्द्रमा ६५ देखि १ सय ३ सम्मका जेष्ठ नागरिकहरु दैनिक २५ जना भन्दा बढि आउने भएकोले कोरोनाको संक्रमण पछि बन्द गरिएको अध्यक्ष भण्डारीले बताए । त्यो उमेर सम्मका सबै जेष्ठ नागरिकहरु हृष्टपुष्ट रहेको अध्यक्ष भण्डारी बताउँछन् । जिल्ला अस्पताल गुल्मीका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर उत्तम पाच्याले पनि सामाजिक रुपमा हेर्दा पहाडको खानपिन र हावापानीले मानिसको एम्युनिटी पावर बढाएको हो भन्ने देखिने बताए । मेडिकल पोईन्ट भ्यु अफले यो वा त्यो स्थान र परिकारको खानाले एम्युनिटी पावर बढाउँ छ भन्दैन तर सोसल पोईन्ट भ्युले सय बर्ष सम्मका बृद्ध बृद्धाहरु समेत ह्ष्टिपुष्ट हुनुले पाहडको खानपिन र बातवरणमा एम्युनिट पावर छ कि भन्ने कुरा देखिएकै छ डाक्टर पाच्येले भने । उनका अनुसा कोरोनाको संक्रमणबाट बच्न जति सक्दो तातो र झोल पदार्थ खानु पर्छ र चिसोबाट बच्नु पर्दछ ।

डाक्टर पाच्यले गुल्मीमा अहिले सम्म कतै पनि कोरोनाको लक्ष्यण भएका मानिस गुल्मीमा देखा नपरेको, सचेतनाका लागि स्वास्थ्य संस्था , प्रशासन र सामाजिक संघ संस्था कोरोना भाईरस विरुद्ध जनचेतनामा छर्न सक्रिए भएका छन् ।

यहाँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सदरमुकाम तम्घास लगायतका मुख्य मुख्य ब्यापारिक केन्द्रका बजारहरु बन्द गर्न लगाएको जमघट हुनबाट रोकिएको , आबश्यक औषधी , माक्स लगायतको स्वास्थ्य सामाग्री जुटाईएको र जिल्लाका १२ वटै स्थानीयतह विच बैठक राखेर कोरोना विरुद्धका केहि निर्णयहरु भएको बताए ।
बाहिरबाट आउने यात्रुहरुलाई साना सवारी साधनले मनपरी भाडा अशुल्ने गरेको प्रति पत्रकारहरुले ध्यानाकृष्ट गराउँदा त्यस्तो पाईए सुचित गर्न जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले आग्रह गरे । बुटवलबाट गुल्मी आउने गाडीहरु नपाएर कैयौं यात्रु अलपत्र परेको बताएका छन् ।

लेखक ईबागलुङ डटकमका संपादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !