मित्रलाल खरेल, गल्कोट २०७६ चैत ११ । गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचामगरको नेतृत्वको बजार अनुगमन टोलीले सोमबार नगरपालिका भित्रका मुख्य बजारहरुको अनुगमन गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको भयावह स्थितिमा कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्ने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमन गरिएको उपप्रमुख काउचामगरले ईबागलुङलाई जानकारी दिईन् ।
अनुगमनको क्रममा नगरप्रमुख भरत शर्मा गैरेले वैश्विकरुपमा फैलिएको खतरनाक कोरोना भाईरसको संक्रमण फैलिन नदिन नगरबासी सचेत र सजग रहनु पर्ने बताए । उनले प्रत्यक किनारा, खाद्य पसल तथा होटेल व्यवसायीहरुलाई प्रशिक्षणात्मक सुझाव दिएका थिए ।
सो अनुगमनका अवसरुमा प्रमुख प्रसासकीय अधिकृत तुबहादुर बिक, उद्योग वाणिज्य संघ गल्कोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, हटिया प्रहरी चौकी तथा प्रहरी जवानहरुको समेत अनुगमनमा सहभागिता रहेका थियो ।
यसैक्रममा सोमबार गल्कोटमा अत्यावश्यक बस्तुहरुका पसल बाहेक अन्य पसलहरु बन्द गर्न माईकिङ गरिएको थियो ।