बुर्तिवाङ २०७६ चैत ५ । ढोरपाटन नगरपालिका ४ खुंगाका ३८ वर्षिय सुनिल भन्ने शिवकुमार घर्तीमगरलाई वैदेशिक रोजगारको लागी दुबई पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौंको गोगंबुचोकबाट पक्राउ गरेको छ। उनी काठमाडौँको रानीवन बस्दै आएका थिए ।
मगरले दुबईमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी ९ जना व्यक्तिहरुसँग नगद १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएका थिए । मगरलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।