Sorry, that menu does not exist.
 

गल्कोट रिघामा अपांगता भएका व्यक्तिहरुको सन्जाल गठन !

सुरेश छन्त्याल, गल्कोट २०७६ चैत ४ । गल्कोट नगरपालिका ११ रिघा वडा कार्यालयमा अपांगता भएका व्यक्तिहरुको सञ्जाल गठन गरिएको छ। नरबहादुर सुनारको अध्यक्षतामा गल्कोट नगरपालिका ११ रिघाका वडा डम्बर श्रीस र वडा सचिव दिलबहादुर श्रीस अपांगता सञ्जाल गल्कोट नगरका प्रधिनिधी सुरेश छन्त्यालको विशेष उपस्थितिमा समिति गठन गरिएको हो ।

सन्जालको अध्यक्षमा नरबहादुर सुनार, उपाध्यक्षमा कृष्ण बहादुर थापा, सचिवमा रामबहादुर राना, कोषाध्यक्ष बेलमाया राना, सदस्यमा तिलबहादुर पुन गरि ९ सदस्यीय कार्य समिति गठन भएको छ।

उक्त समिति ुगठन पछि अपांग सञ्जाल गलकोट नगरका प्रधिनिति सुरेश छन्त्यालले अपांग भएका व्याक्तिलाइ समाजले हेर्ने दृष्टिकोण फरक भएको भन्दै अपांगता भनेको के हो ? कस्ताखालका व्याक्तिलाइ अपांगता भनिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए । नया कार्यसमितिको पहिलो बैठन यहि चैत १५ गते बस्ने निर्णय भएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !