Sorry, that menu does not exist.
 

सामाजिक सन्जाल मार्फत ठगी धन्धा सन्चालन गर्ने गिरोहबाट बच्न प्रहरीको अनुरोध !

बागलुङ, २०७४ बैशाख ७ । सामाजिक सन्जाल मार्फत मित्रता कायम गरी सम्पर्क बढाएर ठगी धन्धा सन्चालन गर्ने गिरोहबाट ठगिएका घटनाहरु सार्वजनिक भैरहेको अवस्थामा प्रहरीले यसबाट सतर्क रहन सुझाएको छ । प्रहरीले, यसरी ठगिएमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो वा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न पनि अनुरोध गरेको छ ।

प्रहरीले, विगत केही समय यता फेसबुक लगायतका अन्य सामाजिक संजालहरु मार्फत अपरिचित व्यक्तिहरुले Friend request ( साथी हुन अनुरोध ) पठाई request accept (अनुरोध स्विकार ) भए पश्चात आत्मियता बढाउदै जाने र सो क्रममा माया प्रेमको नाटक गर्ने, बिदेशमा राम्रो जागिर लगाईदिने भनी प्रलोभन देखाउने चिट्टा वा गोलाप्रथा परेको भनी सन्देश पठाउने, आफन्त तथा साथीभाईको समस्या देखाई पैसा माग्ने, सस्तो वा सहुलियत ऋणको प्रचार गर्ने तथा विभिन्न नेटवर्किङ व्यवसायमा आवद्ध गर्ने, भारत लगायतका अन्य मुलुकका अध्यागमन कार्यालयमा तपाईको पार्शल आएको छ, कर नतिरेको हुँदा पार्शल रोकिएको छ भनी पार्शलको फोटो पठाउने तथा सो बापत कर तिर्नुपर्छ भनी आइएमई मार्फत नेपाल भित्र तथा भारतका विभिन्न आइएमईमा पैसा हाल्न लगाई ठगी गर्ने गिरोह सक्रिय भई ठगी गरिरहेको सूचना उजुरी विभिन्न प्रहरी कार्यालयहरु तथा केन्द्रीय अनुसन्धान व्यूरोमा समेत आइरहेको उल्लेख गर्दै यस्ता किसिमका प्रलोभनमा नपरी ठगी हुनबाट बच्न अनुरोध गरेको छ ।

साथै कोही कसैले उल्लेखित प्रलोभन देखाएमा वा कोही उपर शंका लागेमा नजिकको प्रहरी कार्यालय वा केन्द्रीय अनुसन्धान व्यूरोको फोन नम्वर ०१४४११७७६ वा ९८५१२८३१४० मा सम्पर्क गर्न वा व्यूरोको इमेल ठेगाना मा पठाउन समेत अनुरोध गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply