ताराखोलाका प्रेम श्रीसको सांगीतिक प्रस्तुति पन्चेबाजमा बिहुँकोटे साँहिलो सार्वजनिक

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७४ बैशाख ७ । ताराखोला गाउपालिका १ अमरभुमि अर्सलमा जन्मिएका प्रेम श्रीषले पहिलो सांङ्गेतिक प्रस्तुति पन्चेबाजा प्रस्तुत गरेका छन् ।

बिबाह, मृत , सभा समारोह, शुभसाइतको अवसरमा बजाईने पन्चेबाजा पछिल्लो समय धौलागिरि क्षेत्रमा अडियो भिडियो रेकर्डिङ गितमा अत्यन्तै व्यावसायिक बन्दै गएको छ । यहि सन्दर्भमा हाल काठेखोला गाउपालिका बिहुमा बस्दै आएका प्रेम श्रीषले पनि पन्चेबाजा गीतमा धौलागिरि सेरोफेरोमा चल्दै आएको मौलिक कला सस्कृतिलाई झल्काउने गरि बिहुकोटे साहिलो प्रस्तुत गरेका छन् ।

उनले गीतको अडियोमा यानिमाया, सुनिमाया, मारुनी झ्याउरे सालैजो शब्द जसरी सजाएर शब्दमा अताएका छन् त्येसरिनै भिडियोमा पनि छर्लङ्ग देखिने गरि प्रस्तुत गरेका छन् ।

आफ्नै सेरोफेरो बिहुमा म्युजिक भिडियोमा स्थानीय मौलिक कला सस्कृतिलाई छायांकन गरेको झल्काउदै अग्रज देखि अनुज कलाकारको समग्रतनमा भिडियो निर्माण गरेका हुन् । स्वयम् प्रेम श्रीषको शव्द लय तथा स्वरमा शुसज्जित गीतमा सरिता श्रीषले साथ दिएकी छिन् ।

भिडियोमा चर्चित मोडल गिता राई र गल्कोटका उदयमान मोडल ईश्वर बाबु मुख्य भुमिकामा देखिएका छन् भने अन्य स्थानीय अग्रज देखि अनुज सम्मका व्यक्तित्वहरुले मौलिक कला संस्कृतिलाई झल्कने गरि प्रस्तुत गरिएको म्युजिक भिडियोको निर्देश रेशम सापकोटाले गरेका हुन । राहुल राईको छायांकन र रोसनको सम्पादनमा भिडियो तयार भई गल्कोट म्युजिक कम्पनीले बजारमा सार्वजनिक गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.