प्रेम सुनार गुल्मी २०७४ बैशाख ७ । संस्थागत विद्यालयहरु धनी पुँजीपतिहरुका लागि मात्रै हुन्छन भन्ने आरोपलाई गलत शिद्ध गर्दै आदर्श विद्या आश्रम तम्घास गुल्मीका शिक्षक र विद्यार्थीहरुले आ–आफ्नो जन्मोत्सवमा खर्च हुने रकम कटौती गरेर आफ्नो विद्यालयका दलित गरिव विद्यार्थीकको शैक्षिक विकासमा सहयोग गर्ने गरेका छन् ।
सोही अनुरुप १६ औ वार्षिकोत्सवको अवसरमा विद्यालयले छनौट गरेको अति विपन्न विद्यार्थीहरुलाई नगद सहयोग रकम प्रदान गरेको थियो । त्यस्तै विद्यालयका संस्थापक शेयर सदस्य स्वर्गिय कृष्णप्रसाद भण्डारीको स्मृतिमा स्थापना गरिएको अक्षय कोषबाट आदर्श विद्या आश्रमका उत्कृष्ट विद्यार्थी दिक्षान्त विद्याथी र सन्ध्या गुरुङ्गलाई पनि नगद पुरस्कारले सम्मान गरिएको थियो ।
त्यस्तै यस शैक्षिक सत्रको कक्षा ८ को जिल्ला स्तरिय परिक्ष र गत वर्षको एसएलसी परिक्षमा उत्कृष्ट नतिजा ल्याई उतिर्ण हुने विद्यार्थीहरु , उत्कृष्ट शिक्षक, शिक्षिका र कर्माचारीहरुलाई पनि सम्मान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रमलाई विभिन्न चरणमा विभाजन गरिएको थियो ।
त्यस क्रममा विज्ञान प्रयोगशाला, पुस्तकालय , बैठक हलको प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल रहेका थिए । उनले आदर्श विद्या आश्रमको शैक्षिक गतिविधी प्रति सन्तोष व्यक्त गर्दै अव परम्परागत शिक्षाले विद्यार्थीहरुको भविस्य उज्वल नहुने धारणा राखेका थिए ।
वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विज्ञान प्रयोगशालामा निर्मार्ण गरेका सामग्रीहरु र कला संस्कृति समेत प्रस्तुत गरेका थिए । यस वर्ष त्यस विद्यालयले विगतको भन्दा बेग्लै र अभिभावक एवं अतिथीहरुको वाग्लो सहभागिताका साथ वार्षिकोत्स मनाएको छ । कार्यक्रममा विशेष अतिथी रेसुङ्गा बहुमुखी क्याम्पसका पुव क्याम्पस प्रमुख शशी पन्थी , विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी र सरोकारवालाहरुले शुभकामना मन्तव्य राखेका थिए ।
वार्षिकोत्सव समारोहमा त्यस विद्यालयका प्रिन्सिपल भगतसिंह खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस विद्यालय सञ्चालक समिति अध्यक्ष हरिबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवन्ध निर्देशक राजु कुँवरको स्वागत मन्तव्य र विद्याथीहरु अस्मीता मरासीनी र सावित्रा कुँवरको सञ्चालन रहेको थियो ।