बागलुङ २०७६ फागुन २८ । २०५८ फागुन २९ गते स्थापना भएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले फागुन २९ गते अर्थात भोलि बिहिबारका दिन आफ्नो १९ औं स्थापना दिवस मनाउन लागेको छ । हरेक वर्ष मनाउदै आएको स्थापना दिवसलाई यसवर्ष देखि लोकदोहोरी दिवसका रुपमा मनाउने अध्यक्ष रमेश बिजीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सोहि अवसरमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले आफू मातहतका सम्पूर्ण प्रदेश समिति, उपत्यका समन्वय समितिका मातहतका सम्पूर्ण समिति, जिल्ला शाखा, विदेश शाखा, संस्थापक पूर्वपदाधिकारी एवम् सम्पूर्ण सदस्यहरुलगायत लोकदोहोरीप्रेमिमा आफू आवद्ध नजिकका शाखामा उपस्थित भई लोकदोहोरी दिवस सिर्जनात्मक रुपमा मनाउन आग्रह गरिएको पुर्व अध्यक्ष चन्द्र शर्माले बताए।