Sorry, that menu does not exist.
 

नेपाल शिक्षक संघ बागलुङ र जैमिनी नगरको दोस्रो प्रतिनिधि सभा सम्पन्न !

रामशरण पोख्रेल बागलुङ २०७६ फागुन ११र नेपाल शिक्षक संघ बागलुङ नगर कार्यसमिती र जैमिनी नगर कार्यसमितीको आयोजनामा संयुक्त दोश्रो स्थानीय प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम बलेवामा सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेले नेपाली काङ्ग्रेसको मुख्य चलायमान सस्था नेपाल शिक्षक संघ रहेको दाबी गर्दै कार्यक्रममा उठेका जिज्ञासाको समाधान गरेका थिए ।

जैमिनी नारपालिकाका मेयर इन्द्रराज पौडेलले शिक्षकहरु बिचको मेलमिलाप र एकताले शिक्षक संघ बलियो बन्ने बताए ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त पौडेलले जिल्लाका शिक्षकहरुको कुनैपनी समस्यासङ्ग जुध्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको अवसरमा संघका पुर्व अध्यक्ष तथा जनप्रतिनिधि नारायण शर्मा पौडेल, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव सागर खरेल, नेपाली काङ्ग्रेस बाग्लुङ का नेता जित सेरचन, नेपाल शिक्षक संघका महिला उपाध्यक्ष सीता शर्मा, नेपाल बिद्यार्थी संघका केन्द्रिय पुर्व सहमहामन्त्री हरिहर शर्मा, नेपाल शिक्षक संघ पोखरा महानगरपालिका अध्यक्ष भोलानाथ पौडेल, नेपाली काङ्ग्रेस जिल्ला सदस्य सिताराम रसाइली, शिक्षक कल्याणकारी कोषका संयोजक बिष्णु प्रसाद सापकोटा, नेपाल बिद्यार्थी संघ जिल्ला सचीव श्रीकृष्ण पौडेल लगायतले बोलेका थिए । यसैगरी नेपाल स्वास्थकर्मी संघ गण्डकी का उपाध्यक्ष देवप्रकाश घिमिरे,नेपाली काङ्ग्रेसका जैमिनी नगर सम्योजक काशिराम आचार्य, नेपाल शिक्षक महासंघ का जिल्ला उपाध्यक्ष शिलशिला केसि, नेपाल ट्रेड युनियन काङ्ग्रेस गण्डकी प्रदेश उपाध्यक्ष राम प्रसाद अधिकारी ,नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला अध्यक्ष इश्वर ठाकुर पौडेल, नेपाल शिक्षक संघ बागलुङका सचिव हेमराज गैरे, नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ूबाबूू, हरि प्रसाद शर्मा, चक्र बहादुर खत्री लगायत ले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रमको अवसरमा त्यस क्षेत्रबाट नवनियुक्त स्थायी शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

नेपाल शिक्षक संघ बागलुङ नगरपालिका अध्यक्ष कुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका बागलुङ नगर अर्थसचिब घनश्याम रिजालले आर्थिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत र संघका जिल्ला अर्थसचिब लक्ष्मीकान्त शर्मा ूराजेन्द्रू ले संचालन गरेका थिए । साथै संघको यहि फागुन २४ गते प्रशिक्षण कार्यक्रम र २५ गते जिल्ला प्रतिनिधि सभा गरिने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !