बागलुङ २०७४ बैशाख ५ । आगामी बैशाख ३१ गते हुने स्थानिय निकायको चुनावमा बागलुङ जिल्लाका ४ नगरपालिकाको मेयर पदमा उठ्नका लागि नेपाली काँग्रेसका ३० जना भन्दा बढी प्रत्याशीले पार्टीमा सशुल्क आवेदन दिएका छन् ।
बागलुङ नगरपालिकाको मेयर पदको लागि नेपाली काग्रेसबाट ८ जना आकांक्षी देखिएका छन । मेयरको लागि नगर समन्वय समितिका संयोजक महेन्द्र आचार्य, जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, क्षेत्र न १ का सभापति चिरन्जीवी गौतम, क्षेत्र न २ का सभापति नारायण पौडेल, नेपाल महिला सघंका अध्यक्ष एवं क्षेत्रीय प्रतिनिधि सकुन्तला शर्मा, क्षेत्रीय प्रतिनिधिहरु महेन्द्र खडका, चण्डिप्रसाद शर्मा, उपेन्द्रराज पन्तले नामांकन प्रस्तुत गरेका छन् ।
त्यसैगरि उपमेयरमा महासमिति सदस्य कल्पना हमाल पाठक, ट्रेड यूनियन काग्रेसका अध्यक्ष रामप्रसाद अधिकारी, नगर कोषाध्यक्ष प्रमिला राजभण्डारी र क्षेत्रीय प्रतिनिधि मुक्तिराम सापकोटाले सिफारिसका लागि पार्टीमा आवेदन दिएका छन् ।
मंगलबार सम्म नगरप्रमुख र उपप्रमुखका आकांक्षीहरुले नगर समन्वय समितिमा नाम दर्ता गराउन समय तोकिएको थियो । नगर समन्वय समितिले उम्मेदबार छनोटको लागि क्षेत्रीय समितिलाई सिफारीस गरेको छ ।
यसैगरी गल्कोट नगरपालिकाको मेयर पदमा पूर्व सांसद नरबहादुर निरज पुुन, मुकुन्द भण्डारी, सुरेन्द्रबम मल्ल, भरत शर्मा गैरे, मञ्जु शर्मा चालिसे, यम श्रीस, देबेन्द्र खत्री, फम खत्रीले नगर समन्वय समितिमा दर्खास्त हालेका छन् भने उता ढोरपाटन नगरपालिकामा धीर प्रताप सिह, अर्जुन शेरचन, सागर छन्त्याल, दीपक कुमार अदै र मेषलाल शर्माले र पार्टीमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुखमा लिलमायाँ पुन, दिलमायाँ रामदाम र हितदेवी घर्तीको नाम क्षेत्रीय समितिमा पुगेको छ ।
जैमिनी नगरपालिकामा नेपाली काँग्रेसबाट ९ जनाको मेयरमा र ४ जनाको उपमेयरमा उम्मेदवारी परेको छ । मेयरमा नगर संयोजक काशिराम शर्मा आचार्य, पूर्व क्षेत्रीय सचिव प्रेम सापकोटा, पूर्व जिल्ला सदस्य रामचन्द्र सापकोटा, काँग्रेस जिल्ला सचिव नवराज पौडेल, पूर्व महाविधेशन प्रतिनिधि दुर्गादत्त आचार्य, जिल्ला सदस्य पदम बहादुर पुन, पूर्व महाधिवेशन प्रतिनिधि इन्द्रराज पौडेल, पूर्व जिल्ला सचिव पदम बहादुर केसी र नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री एवं महाविधेशन प्रतिनिधि हरिहर शर्मा रहेका छन् ।
मेयर पदमा उठ्ने चाहना सार्वजनिक गर्ने पूर्व महाविधेशन प्रतिनिधि गीतादेवी रेग्मी अन्तत उपमेयरका लागि पार्टीमा उमेदवारी दिएकी छिन् ।
स्मरणीयछ, मेयर र उपमेयरका आकाँक्षीहरुले उमेदवार बन्न रु २० हजार र रु १५ हजार नगद शुल्क पार्टीलाई बुझाउनुपर्ने पार्टीले निर्णय गरेको छ । यसरी मेयरका ईच्छुक उमेदवारहरुमात्रले पार्टीलाई रु ६ लाख बुझाएका छन् ।
काँग्रेसी उच्च श्रोतका अनुसार उमेदवारका लागि पार्टीमा आवेदन दिनेहरु बाहिरबाट पनि मेयर वा अन्य पदमा उमेदवार उठाउन सक्ने छ ।