Sorry, that menu does not exist.
 

कुस्मीसेरामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु : खेल भन्दा सलामीको चर्चा बढी !

कुस्मीसेरा २०७६ फागुन ३ । जैमिनी नगरपालिकाको कुस्मीसेरामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोयोगिता सुरु भएको छ । कुस्मीसेरा ठेउले खोला पारी पट्टी रहेको सहारा खेल मैदानमा जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले प्रतियोगिताको उद्घाटन गरेका हुन् । खेल मैदानमा जैमिनी नगरपालिका भित्रका माध्यमिक विद्यालयका छात्र एवं छात्राहरुबीच भलिबल प्रतियोगिता जारी रहेको छ भने एथेलेटिक्स खेलहरुपनि सन्चालन भैरहेका छन् ।
कुस्मीसेरामा राष्ट्रपती रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा : शनिबार विहान उद्घाटन !
जैमिनी नगरपालिकाको कार्यालय रहेको बागलुङ जिल्लाको दक्षिण क्षेत्रको मुख्य व्यापारिक केन्द्र कुस्मीसेरा बजारमा सुरु भएको पहिलो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेल भन्दापनि नगरप्रमुख पौडेलले सलामी ग्रहण गरेको विषय विशेष चर्चामा छ । उद्घाटन स्थलमा राखिएको सानो टेबुल माथी उभिएर नगरप्रमुख पौडेलले सलामी ग्रहण गरेको तस्वीर सहितका टिप्पणीहरुले सामाजिक सन्जाल भरिएका छन्, सलामीलाई लिएर तीता टिप्पणीहरु सार्वजनिक भएका छन् । नगर प्रमुख पौडेलले टेबुलमा उभिएर (चढेर) सलामी ग्रहण गर्नु परेको यथार्थता आफ्नो फेसबुक मार्फत जाहेर समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !