Sorry, that menu does not exist.
 

गलकोट समाज जापानले भूकम्प प्रभावित रामेछापमा विद्यालय भवन बनाउँदै !

कृष्ण कँडेल, बागलुङ २०७४ बैशाख ५। बागलुङको गलकोट क्षेत्रबाट रोजगारीको शिलशिलामा जापानमा रहेका प्रवासीले रामेछापको भुकम्प प्रभावित विद्यालयमा भवन निर्माण सुरु गरेका छन् ।

गलकोटेहरुको संस्था गलकोट समाज जापानले २५ लाख रुपैयाँको लागतमा सुनपाति–१ गुन्सी, धारापानीको जागृत आधारभुत विद्यालयका लागि भवन निर्माण गरिदिन लागेको हो । सामाजिक उत्तरदायित्वको भावनाले आफ्नो देशमा सानो भएपनि केहि सहयोग गरौँ भन्ने उदेश्यले सहयोग जुटाएर जम्मा गरिएको रकमबाट विद्यालयको प्रावि भवन निर्माण गर्न लागिएको गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले जानकारी दिए ।

२०७२ साल बैसाख १२ गतेको भुकम्पबाट विद्यालयको भवन भत्किएपछि त्यहाँका बालालिकाले खुल्ला चउरमा बसेर पढ्नुपर्ने बाध्यता देखेर समाजले भवन निर्माण गर्न लागेको हो । विद्यालय भवनको गलकोट समाज जापनका अध्यक्ष थापाले शिलान्यास गरेका छन् ।

कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष दिलु खत्री, संरक्षक गोबिन्द श्रेष्ठ, सल्लाकार सन्त खत्री, सल्लाकार टंक गैरे र कृष्ण खत्रीकाृ पनि सहभागिता रहेको थियो ।

निर्माण कार्य आगामी दशैँसम्म सम्पन्न गरिने निर्माण समितिका अध्यक्ष नवराज तामाङले जानकारी दिनुभयो । भवन निर्माणका लागि उहाँको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ ।

गलकोट समाज जापानले विभिन्न समयमा विद्यालय, स्वास्थ्य संस्थालाई आर्थिक सहयोग, गलकोटमा एम्बुलेन्स सञ्चालन, निशुल्क स्वास्थ्य शिविर सञ्चालन, भुकम्प पीडितलाई तथा कामको शिलाशिलामा विदेशमा ज्यान गुमाएकाहरुको परिवालाई सहयोग समेत गर्दै आएको पत्रकार भवानी पन्तले जानकारी दिए ।

नयाँ बर्ष सन २०१७ को अवसरमा जापानमा गरिएको सांगीतिक कार्यक्रमबाट जुटेको रकमबाट समाजसेवाको काम सञ्चालन गरिएको गलकोट समाज जापानले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply