Sorry, that menu does not exist.
 

पन्चकोटमा यस वर्ष छैठौँ महायज्ञ नहुने, फागुन महिना भर श्रीमद्भाग्वत पुराणको आयोजना गरिने !

कृष्ण सापकोटा, पन्चकोट बागलुङ २०७६ माघ २१ । बागलुङ नगरपालिका- ६ सर्वसिद्धिधाम पन्चकोटमा प्रत्यक वर्ष फागुन महिनामा आयोजना गरिदै आएको धनधान्यान्चल बिराट महायज्ञ यस वर्ष नहुने भएको छ । पन्चकोटमा गत वर्ष २०७५ फागुन महिनाको ९ गते प्रारम्भ भएर फागुन १५ गते धनधान्यान्चल बिराट महायज्ञको पाँचौ श्रृंखला सम्पन्न भएको थियो । यस वर्ष धनधान्यान्चल बिराट महायज्ञको आयोजना नगरी फागुन महिना भर सर्वसिद्धिधाम पन्चकोटमा श्रीमद्भाग्वत परायण (पुराण) गरिने प्रतिनिधी अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

गत पुुस महिनाको २६ गते शनिबार विहान ११ बजेको शुभसमयमा पन्चकोट बिराट श्रीसभा एवं १२८ फिट अग्लो कलश निर्माण शुभारम्भ (भूमिपूजन) समारोह सम्पन्न गरिएको थियो । पन्चकोटमा कलश निर्माण कार्यको थालनी हुने समाचारले स्थानीयवासी प्रफुल्ल देखिएका छन् । निकट भविष्यमा पन्चकोटमै ५ हजार ५ सय ५५ किलोको बिशाल घण्टा निर्माण गरिने कार्यको पनि निकट भविष्यमै शुभारम्भ गरिने आयोजकले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !