छविलाल पाण्डे, बुर्तिवाङ २०७६ माघ २० । बागलुङ जिल्लामा आगामि माघ २५ गतेदेखि सुरु गरीने हात्ती पाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम अन्र्तगत बुर्तिबाङमा नगरपालिका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । बागलुङ जिल्ला लगातार १० पटक सम्म औषधि खुवाउँदा समेत हात्ती पाईले रोग निवारण हुन नसकेको अवस्थामा माघ २५ देखि ११ औँ पटक औषधि खुवाउने कार्यक्रम तय भएसँगै उक्त कार्यक्रमलाई सफल बनाउन ढोरपाटन नगरपालिकाको आयोजनामा राष्ट्रिय हात्ती पाईले रोग निवारण अभियान अन्र्तगत उक्त कार्यक्रम सम्पन्न गरीएको हो ।
ढोरपाटन नगरपालिका नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख कर्मती पुन, नगरापलिकाका कर्मचारी, जनप्रतिनिधी, पत्रकार, राजनैतिक दलका पदादिकारी, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधी लगाएको सहभागितामा कार्यक्रमको आयोजना गर्दे ११ औँ पटक हुने हात्ती पाईले रोग विरुद्धको अभियानलाई सफल पार्न सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै कार्यक्रममा सहभागिहरुले हात्ति पाईले रोग विरुद्धको औषधी खाएर अभियानको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य सँस्थाका डा. मिलन मल्लव्दारा हात्ती पाईले रोग र लाग्ने तरीका, बच्ने उपाय, र औषधिको प्रयोग लगाएतका विषयमा प्रकाश पार्दे यस पटकको अभियानलाई सफल पार्न सबैले सक्दो सहयोग गर्नुपर्ने बताए । विगतमा औषधि वितरण गरीएपनी घरमा लगेर प्रयोग नगर्नेको सँख्या बढि भएको र कुनै व्यक्तिले अँैषधि प्रयोग गर्ने कुनैले प्रयोग नगर्ने गरेका कारण हात्ती पाईले रोग निवारण हुन नसकेको बताउँदै २ बर्ष मुनिका बालबालीका, गर्भवती महिला, सुत्केरी आमा, र सिकिस्त विरामी बाहेक अन्य सबैले प्रयाग गर्ने गरी अभियान सुचारु भएका कारण यसपटक स्वास्थ्यकर्मीकै निगरानीमा घरघरमै पुगेर औषधि खुवाउने कार्यक्रम रहेको डा. मल्लले बताए ।
कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख नेपालीले बोल्दै ढोरपाटन नगरपालिकाको ग्रामिण क्षेत्रमा बढि फोकस गरी घरघरमै पुगेर कसैलाई पनी नछुटाई हात्ती पाईले रोग निवारण अभियानमा जुट्न कर्मचारी, सवस्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविकालाई आग्रह गरे ।
कार्यक्रम ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा संयोजक घनस्याम सर्माले सञ्चालन गरेका थिए । त्यस्तै स्वास्थ्यकर्मी र जनप्रतिनिधीको विचमा पनी आजनै अभियान सफल पार्ने गरी अगाडी बदढन गोष्ठि गरीएको थियो ।