कृष्ण कँडेल, बुर्तिवाङ २०७४ बैशाख ५ । नेकपा एमालेले ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा कस्लाई उठाएने भन्ने बिषयमा प्ररम्भिक छलफल सुरु गरेको छ ।
पार्टीको बैठकमा नगर प्रमुख र उप्रमुखका लागि ३, ३ जनाको नाम छलफलमा आएको एमाले स्रोतले जनाएको छ । नगरप्रमुखका लागि जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, जिल्ला सदस्य वीरबहादुर विश्वकर्मा र मनकुमारी गैरेको नाम छलफलमा आएको छ । उपप्रमुखमा जिल्ला सदस्य करमती घर्ती, सीता कँडेल र चिन्तामणी शर्माको नाम प्रश्ताब गरिएको छ । यि नामहरु प्रारम्भिक चरणमा सामान्य छलफलका लागि आएको र बाम तालमेलको समेत छलफल भईरहेकाले त्यसलाई पनि मध्य नजर गरि आबश्यक निर्णय हुने एमाले नेताहरुले बताए ।
पार्टीको तर्फबाट कस्लाई उम्मेद्वार बनाउने भन्नेमा प्रारम्भिक छलफल सुरु भएको भन्दै सवै परिस्थिती हेरेर अन्तिम टुङ्गो भने बैशाख १४ गतेसम्म ढोरपाटन नगर संगठन कमिटि सहसंयोजक केशर छन्त्यालले जानकारी दिए ।
यसैविच एमालेले ढोरपाटन नगरपालिकामा ज्ञान प्रसाद कँडेलको संयोजकत्वमा १ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ । नगरपालिकाको ९ वटै वडामा पनि प्रचार–प्रसार संयोजक तोकिएको छ ।
यस्तै निर्वाचनलाई लक्षित गरि विरबहादुर विश्वकर्माको संयोजकत्वमा १ सय १ सदस्यीय युवा परिचालन कमिटि पनि गठन गरिएको बताइएको छ भने चिन्तामणी कँडेलको संयोजकत्वमा आर्थिक कमिटि गठन गरिएको छ ।