रामकृष्ण कंडेल, वामीटक्सार २०७६ माघ २० । गुल्मी मुसिकोट महोत्सबमा माघ २० गते लोकगायक बद्री पंगेनी वामीटक्सारमा आउने खवरले यस क्षेत्रमा निकै माहोल तातेको थियो। टाढा टाढाबाट बद्रि पंगेनीका मिठा मिठा गीतहरू सुन्ने आशाका साथ महोत्सब हेर्ने कार्यक्रम मिलाएका दर्शकहरू निराश बन्न पुगे।
प्रथम मुसिकोट महाृत्सवका आर्थिक संयोजक प्रकाश काफ्लेका अनुसार फोनको घन्टी बजिरह्यो । फोन बद्रि पंगेनी जी को रहेछ । खुसी हुदै बद्रिजी वामीटक्सार आईपुग्नु भएछ, लिन जानु पर्ला भन्ने लाग्यो, हतार हतार फोन उठाए। तर बद्रिजी अल्ली हतास शैलीमा आफु बागलुङ घोंडाबॉधेमा आएको तर आफु सोही स्थानबाट काठमाण्डौँ फर्किनु पर्ने जानकारी गराउनु भयो। यो संबादले आफु निकै मर्माहत भएको संयोजक प्रकाश काफ्लेले बताए । हिजो सॉझ अबेर पनि सम्पर्क गरी आज बिहानै वामीटक्सार आईपुग्ने बद्रीजीको बाचा अधुरो रह्यो, जोशिलो अभिबादन गर्ने रहर पुरा हुन सकेन काफ्ले भन्छन्। बद्रिजीले संबादको क्रममा ‘बुवा बिरामी हुनु भएको छ, सायद बुबालाई आफुले भेटन सक्दिन होला’ भनेर दु:खद खबर सुनाई रहदा आफु स्तव्ध भएको आर्थिक संयोजक काफ्लले ईबागलुङलाई जानकारी दिए ।
केहि समय पछी कलाकार पँगेनीका पुजनीय पिताको निधन भएको बताईएको छ। काठमाडौको ग्रिनसिटी हस्पिटलमा राष्ट्रिय लोक गायक बद्रि पंगेनीका बुवाको निधन भएको खबरले वामीटक्सार क्षेत्र आज मलिन छ। सबै दर्शकलाई दुस्खी बनाएको छ। बद्रिजी समय सन्दर्भमा वामीटक्सार आऊने बाताबरणत पक्कै बन्ला तर उहाँको बुवा भने….अल बिदा बुवा, बैकुन्ठमा बास होस !’