युवाहरुलाई कुलत र सामाजिक विभेदवाट टाढा रहन उपप्रमुख भुसालको आग्रह !

कमल पौडेल, बडीगाड, बागलुङ २०७६ माघ १ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले युवाहरु कुलत र सामाजिक विभेदवाट टाढा रहनुपर्ने बताएका छन् । जनचेतना युवा क्लवको २१ औं वार्षिकोत्सव तथा माघ ेसक्रान्ति मेला २०७६ को सक्न्यारमा उद्घाटन गर्दै उपप्रमुख भुसालले युवाहरु कुलतवाट जोगिनुपर्ने बताए ।

मगर जाति कला र संस्कृतिमा धनी भएको भन्दै नयाँ पुस्ता आफ्नो कला, भाषा र संस्कृति संरक्षणमा लाग्न आग्रह गर्दै उपप्रमुख भुसालले क्लवले कलाको विकास गर्न, खेल सञ्चालन गर्न र चेतना विकासमा महत्वपूर्ण योगदान पुरयाउन क्लवलाई शुभकामना दिए ।

कार्यक्रममा बडीगाड महिला तथा वालवालिका सशक्तिकरण केन्द्रका अध्यक्ष विना थापाले युवाहरुलाई सिर्जनशिल वन्न आग्रह गरिन् । उनले मेलाहरु फजुल खर्चका स्रोत बनिरहेका भन्दै सिर्जनात्मक र खेल तथा संस्कृति विकासको लागी हुनुपर्ने धारणा व्यक्त गरिन् ।

क्लवका पूर्व अध्यक्ष चन्द्र बलामीले युवाहरुलाई सकारात्मक वाटोमा लाग्न अनुरोध गर्नुभएको थियो। सो कार्यक्रममा प्रायोजक, प्रमुख अतिथि लगाएतलाई मगर भेषभुषा झल्किने खादा ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा पञ्चैवाजा सहित प्रसादी सेलाउन लब्धीखोला झरिएको थियो।

उद्घाटन कार्यक्रम अध्यक्ष प्रेम पुनको अध्यक्षता, कोषाध्यक्ष हेमन्त सलामी र मगरभाषामा पुनम पुनको स्वागत मन्तव्य तथा सचिव मनु थापाको सञ्चालनमा सम्पन्न भएको थियो । ४ दिन सम्म चल्ने मेलामा खुल्ला भलिवल प्रतियोगीता, सोरठी नाच प्रतियोगीता लगाएत प्रतियोगीतात्मक कार्यक्रमहरु रहेका छन्। आज पहिलो दिन भलवल प्रतियोगिताको उद्घाटन खेल भएको छ। भलिवलमा ११ समुह प्रतिश्पर्धामा रहेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !