Sorry, that menu does not exist.
 

प्रथम मुसिकोट पर्यटन सांस्कृति औद्योगिक एवं व्यापार महोत्सव सफल बनाउन प्रचार प्रसार तीब्र !

कौरव खत्री, गुल्मी २०७६ माघ १ । प्रथम गुल्मी मुसिकोट पर्यटन सांस्कृति औद्योगिक एवं व्यापार महोत्सव २०७६ नजिकिँदै गर्दा आज आयोजकले तयारीलाई तिव्रता दिएको छ ।

गुल्मी मुसिकोट उद्योग वाणिज्य सघं गुल्मीको आयोजनामा हुन लागेको महोत्सवको प्रचार प्रसार, बजारमा ब्यानर लगाउने, स्वागत प्रवेशद्धार बनाउने लगायतका काम अहिले तिव्रता दिएको छ । महोत्सवको रौनक वामीमा देखिन थालेको छ ।

‘गुल्मी मुसिकोटको समृद्धिको आधार कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नारा सहित प्रथम गुल्मी मुसिकोट महोत्सव आयोजना गर्न तयारी थालिएको छ । माघ १५ देखी २६ गतेसम्म सञ्चालन हुने मुसिकोट महोत्सव सम्पन्न गर्न आयोजकले तैयारीलाई तिव्रता दिएको हो ।

१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै नगरपालिका भित्र रहेका सम्पुर्ण पर्यटकीय स्थलहरु वामीको शालीमे दह, ताराखसे, बुद्धविहार, कुर्घाको मालिका मन्दिर र स्वाँरा होमस्टे, पौदीअमराइको छत्रभुमी मन्दिर, सीता गुफा, तिखेचुली, मुसिकोटको मुसिकोट दरवार आदि पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लक्ष्य सगैं यी क्षेत्रको विकासमा महोत्सवले टेवा पुर्याउने अपेक्षा राखिएको मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यले बताए ।

महोत्सवमा कफीको जननी आँपचौरमा उत्पादन हुने कफी, अर्लाङ्कोटको सुन्तला, तरकारी, मालारानीको माहुरी लगायत अरू कृषिजन्य सामग्रीहरुको प्रदर्शनी गरिने र नगरपालिका भित्र रहेका सम्भाव्य पर्यटकीय स्थलको अध्ययन गरी स्थानीय तहसँगको समन्वयमा ती क्षेत्रको प्रवद्र्धनका लागि पहल गरिरहेको बताए ।

त्यस्तै महोत्सव प्रचार प्रसार समिति सयोजक ज्ञानहरी सापकोटाले महोत्सव अवधीभर राष्ट्रिय खुल्ला लोक दोहोरी प्रतियोगिता, गुल्मीमै अहिलेसम्मकै अत्यधिक राशि पुरस्कार सहितको भलिबल प्रतियोगीता, अन्तर मा.वि छात्र÷छात्रा कबड्डी, बाल उद्यान रमाईलो मेला, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती, बडिगाड खोलामा, र्या्िफ्टङ लगायतका कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कृषि र पशुजन्य स्थलहरुलाई प्रमुख प्राथमिकता दिँदै कुर्घाको स्वाँरा र मालारानीमा होमस्टेलाई पनि प्राथमिकतामा राखिएको उनको भनाई छ ।

त्यसैगरी नगरपालिका भित्र नाँचिने नेवार समुदायको परम्परागत झाँकी, मालारानीका मगरहरुको भैलो, सराँय नाँच, सोरठी आदि संस्कृतिको संरक्षण, झिनिया रोट लगायत विभिन्न जातजातीका खानाका परिकार आदिको प्रचार प्रसार गरी प्रबद्र्धन गर्ने लक्ष्य राख्दै महोत्सव आयोजना गर्न लागिएको उनेले बताए ।

मेलामा ८७ लाखको खर्च र झण्डै ५ करोडको कारोबार हुने अनुमान गरिएको र १५० स्टल रहने स्टल व्यवस्थापन समिति सयोजक सुन्दर प्रधानले जानकारी दिए ।

मेलाबाट भएको आम्दानीबाट सघंको आफ्नै भवन निर्माण गर्ने र केही रकम सामाजिक काममा पनि खर्च गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । महोत्सव अवधीभर झण्डै ७० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !