माघी मेला सिग्दी दोस्रो दिन : हाजिरीजवाफमा बालज्योती बोर्डिङ प्रथम !

केशवराज क्षेत्री, बरेङ २०७६ माघ १ । मनकामना युवा क्लब सिग्दिको माघीमेला जारी रहेको छ । बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सिग्दीमा अवस्थित क्लबले सास्कृतिक,शैक्षिक, मनोरञ्जनात्मक, कृषि तथा हस्तकला प्रर्दशनी सम्बन्धि कार्यक्रम सन्चालन गरेको छ ।

आज भएको हाजिरिजवाफ प्रतियोगितामा बरेङ गाउँपालिका बरेङ बजारमा अवस्थित बालज्योती बोर्डिङ स्कुल प्रथम, बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरको शारदा माध्यमिक विद्यालय द्वितीय र बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर स्थित भृकुटी माद्य्यमिक विद्यालय तृतीय भएका छन । १३ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय समुहले क्रमशः १२ हजार,८ हजार,४ हजार नगद प्राप्त गरेका छन् ।

अहिले पुरुष भलिबल , ब्याडमिन्टन प्रतियोगिता चलिरहेको छ भने आजै सोरठी नृत्य प्रतियोगिता हुने आयोजकले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !