माघी पर्वले सम्पूर्ण नेपाली बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने नगरप्रमुख सापकोटाको विश्वास !

रामकृष्ण कँडेल, दजाकोट,गुल्मी २०७६ माघ १ । मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले मगर लगायत आदिवासी जनजाति एवं आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिँदै यस्ता पर्वले सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका तन्। सांस्कृतिक पर्वहरूले नैं समाजलाई एकताबद्ध गराई आर्थिक समृद्धिको दिशामा अगाडि बढन सहयोग पुग्ने संबोधनको क्रममा नगरप्रमुख सापकोटाले बताए।

नेपाल मगर संघ बडागॉऊ ४ दजाकोटले आयोजना गरेको माघे सक्रान्ती मेलालाई प्रमुख अतिथिको रूपमा संबोधन गर्दै नगर प्रमुख सापकोटाले भने, नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो। विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो। संबोधनको क्रममा नगरप्रमुख सापकोटाले बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्ु।

माघे सक्रान्ती मेलाका प्रमुख अतिथि नगरप्रमुख सापकोटाले एक फरक प्रसंगमा आफुहरूले निर्बाचनको बेला जनताहरू संग बोलेका सबै कामहरू पुरा गरेरै छाड्ने बताए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै मुनपाका आर्थिक संयोजक प्रकाश काफ्लेले मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे । आर्थिक संयोजक काफ्लेले मगर समुदायका मौलिक सॉस्कृतिक पहिचानहरूलाई आफुहरूले सक्दो सहयोग गर्ने बताए ।

बिशेष अतिथिहरूमा नेकपाका ५ नं प्रदेश कमिटिका सदस्य बुध्दी जि सी, नेकपा जिल्ला कमिटि गुल्मी सचिबालय सदस्य शेषकान्त गौतम, मुनपाका सामाजिक संयोजक हरिप्रसाद छन्तेल, त्रिभुवन मा बि कुर्घाका पूर्व प्रधानाध्यापक रामबहादुर थापा, आर्थिक बिभाग संयोजक कृस्ण सूर्यबंशी रहेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका सभापती नबराज भुसाल, पत्रकार तेजेन्द्र श्रेस्ठ लगायतको बिशेष उपस्थिति रहेको थियो। नेपाल मगर संघ टोल ईकाई समितिका अध्यक्ष दुर्गा बहादुर छन्तेलको अध्यक्षता,स्वागत मन्तब्य सचिब सुमन पेमीले गरेका थिए भने चुराबहादुर छन्तेल र अमृता गाहाको सन्चालनमा कार्यक्रम सन्चालन भईरहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !