नेपाल गोजुरियो कराते दो संघ, बागलुङको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुष्पा क्षेत्री चयन !

बागलुङ २०७६ माघ १ । नेपाल गोजुरियो कराते दो संघ बागलुङको जिल्ला अधिवेशन तथा साधारण सभा जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव भिमसेन शाक्यको प्रमुख आतिथ्यतामा हिँजो सम्पन्न भयो । अधिवेशनले पुष्पा कुमारी क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचन गरेको छ ।

नव निर्वाचित समितिको उपाध्यक्ष व्दयमा रविन खडका र पवन रिजाल, सचिव अन्जली रुचाल, कोषाध्यक्ष याम बहादुर जि.सी.,सदस्यहरुमा शितल रुचाल, दिलिप पुन, सुष्मा वोहोरा, प्रिति थापा, चिरायु रिजाल, एरिका शाही ठकुरी , एलिसा थापा र मञ्जु क्षेत्री रहेका छन् ।

अधिवेशनमा उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि शाक्यले नेपाल गोजुरियो कराते दो संघ, बागलुङका खेलाडीहरुले राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक सहित उत्कृष्ट प्रदर्शन गर्न सफल भएकोले स्थानिय निकाय लगायत सबैले सहयोग गर्नु पर्ने बताए । अधिवेशनमा सन्राइज आवासिय मा.वि का अध्यक्ष निरबहादुर क्षेत्रीले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्षद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।

कार्यक्रमको अध्यक्षता पुष्पाकुमारी क्षेत्री, उद्घोषण अञ्जली रुचाल र स्वागत मन्तव्य शितल रुचालले गरेको समितिका सल्लाहकार तथा निर्वाचन मण्डलका संयोजक चन्द्र बहादुर क्षेत्रीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !