प्राविधिक टोली व्दारा पुननिर्माणका लागी छनोट भएका विद्यालयहरुको अनुगमन !

रामकृष्ण कंडेल, वामीटक्सार २०७६ पुस २९ । जिल्ला आयोजना कार्यन्वयन ईकाई गुल्मी९शिक्षा०अन्तर्गत आर्थिक वर्ष २०७५र७६ मा पुननिर्माणको लागी छनोट भई०७५र७६ मा निर्माण कार्य सम्पन्न हुनु पर्ने विद्यालयहरूको अनुगमन कार्य अगाडि बढाईएको छ। आयोजना कार्यन्वयन ईकाई गुल्मी९शिक्षा०अन्तर्गतका ईन्जिनियर लक्ष्मण राऊत र सब ईन्जिनियर पुनानन्द चौधरीको टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा ईन्जिनियर राऊतले भवन निर्माण गर्दा प्रयोग गरिएका निर्माण सामाग्रीहरूको गुणस्तर, समय अबधी लगायतको बिषयलाई महत्वका साथ निरीक्षण गरेका थिए । सरकारी रकम कहिकतैबाट दुरूपयोग नहोस भन्ने मनसायका साथ अनुगमन गरिएका उनले बताए । तोकिएको मापदण्ड भित्र रहेर काम नगर्ने योजनाहरू आफुहरूलाई स्विकार्य नहुने भन्दै गुणस्तरको सन्दर्भमा कोही कसै संग सम्झौता नगरिने सब ईन्जिनियर पुनानन्द चौधरीको भनाई थियो ।

गुल्मी जिल्ला मुसिकोट मगरपालिका स्थित जनता नि मा बि, त्रिभुवन मा बि कुर्घा, महेन्द्र आदर्श मा वि वामी, शारदा बिद्या मन्दिर मा वि वामी मैदान, सितापुर मा वि अर्लाङकोट, ददल्का मावि ददल्कामा निर्माणाधीनन बिद्यालय भवन तथा शौचालय को अनुगमन गरिएको थियो । यसै गरी अनुगमनको क्रममा सत्यबती गॉऊपालिका र छत्रकोट गॉऊपालिका भित्र सन्चालित आयोजनाहरूको अनुगमन समेत सम्पन्न गरेको ईन्जिनियर राऊतले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !