मनकामना युवा क्लबको २८ औं बार्षिकोत्सव तथा माघी मेला २०७६ को उद्घाटन !

प्रकाश छन्त्याल, बरेङ २०७६ पुस २९ । बरेङ गाँउपालिका वडा नं २ हुग्दिशिर सिग्दी स्थित मनकामना युवा क्लबको २८ औं बार्षिकोत्सव तथा माघी मेला २०७६ को आज उटघाटन गरिएको छ ।

कार्यक्रम प्रमुख अतिथी बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रशाद शर्माले रिबन काटेर तथा बिशिष्ट अतिथी बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिल कुमारी पुनले खेलाडीहरुलाई बल हस्तान्तरण गरि उटघाटन गरिएको थियो ।

प्रगति युवा क्लब दलेङ हुग्दीशिर र ग्रामिण बिकास केन्द्र बरेङ बिच भएको आजको उटघाटन खेलमा प्रगति युवा क्लब दलेङ हुग्दीशिर बिजयी भएको छ । पुरुष भलिबल खेल तर्फ १६ टिम सहभागी रहेको आयोजकले जानकारी दिएका छन् । पुरुष भलिबल खेल तर्फ बिजेता टिमले नगद ५० हजार रुपैया र उप बिजेता टिमले नगद २५ हजार रुपैंया प्राप्त गर्ने छन ।

क्लबको २८ औं बार्षिक उत्सव तथा माघी मेला २०७६ को अवसरमा भोली माघ १ गते जुनियर ब्याडमिण्टन खेल , कृषि तथा हस्तकला प्रर्दशनी ,माध्यमिक बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता, सालैजो तथा सोरठी नृत्य प्रतियोगिता गरिने र मुल समारोह माघको २ गते राष्ट्रिय कलाकार टिका पुन ,जुना श्रीस ,तेजस रेग्मी ,बिक्र्रम परियार लगायतको बेजोड प्रस्तुती रहने क्लबका अध्यक्ष मोहन पुनले ईबागलुङलाई बताए ।

कार्यक्रम मनकामना युवा क्लबका अध्यक्ष मोहन पुनको अध्यक्षता ,क्लबका पुर्ब अध्यक्ष हिरा बहादुर पुनको स्वागत , क्लबका सल्लाहाकार मिन बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !