गजल : तिमी बसेको त्यही ठाउ छ मुटुभित्र !

दवाइले निको नहुने घाउ छ मुटुभित्र ।
तिमी बसेको त्यही ठाउ छ मुटुभित्र।।

हासेर ज्युनुपर्छ भन्नुहुन्छ तपाईं पनि।
आखामा त्रिशुली तलाउ छ मुटु भित्र।।

म म नभएको तिमिले छाडे देखि हाे।
छाती कुल्चि गएको पाउ छ मुटु भित्र।।

एकातिर रोएको देश छ, बा आमा छन् ।
अर्कोतिर घरखेत खाने साहु छ मुटुभित्र।।

एकचोटी घायलको संगत गरी हेर्नुहोस् ।
कि दुश्मनी कि माया बचाउछ मुटुभित्र ।।

एन पी घायल
कुस्मा पर्बत

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !