बरेङमा कम्प्युटर टाइपिङ प्रतियोगिता सप्पन्न : छात्र/छात्रा दुवैमा पुरुषोदय मावि प्रथम !

केशवराज क्षेत्री,बरेङ २०७६ पुस २९ । बरेङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखाद्वारा सोमबार कम्प्युटर टाइपिङ प्रतियोगिता सप्पन्न भएको छ । पालिकाको आर्थिक सहयोग तथा शिक्षा शाखाको प्राविधिक सहयोगमा पालिका अन्तर्गतका आधारभुत तह कक्षा ६(८ स्तरीय अङ्ग्रेजी नेपाली माध्यममा कम्प्युटर टाइपिङ प्रतियोगिता सम्पन्न भएको हो ।

प्राविधिक शिक्षामा जोड, नियमित पठनपाठनसङ्गै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता भन्ने उद्देश्यका साथ यस्तो प्रतियोगिताको आयोजना गरिएको पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले ईबागलुङलाई बताए । ५ वडा भित्रका ८ विद्यालयबाट छात्रा छात्र गरि १६ जना विद्यार्थी प्रतिस्पर्धा गरेको शिक्षा शाखा प्रमुख यज्ञ प्रसाद न्यौपानेले बताए ।

पुरुषोदय माध्यमिक विद्यालय हुग्दिशिर बराहकोटमा सन्चालन गरिएको प्रतियोगितामा छात्रतर्फ पुरुषोदय माध्यमिक विद्यालय हुग्दिशिरका स्मरण थापा प्रथम, बालविकास आधारभुत विद्यालय बाटाकाचौरका सिजन बोहोरा द्वितीय र सर्वोदय माध्यमिक विद्यालय हुग्दिशिरका निशान थापा तृतीय भए भने छात्रा तर्फ पुरुषोदय माध्यमिक विद्यालय कै रलिना काउचा प्रथम, ज्ञानोदय आधारभुत विद्यालय बाटाकाचौर कि प्रेरणा थापा द्वितीय र सर्वोदय माध्यमिक विद्यालय कि रिता पौडेल तृतीय भएकी छन् ।

पालिकाले पहिलोपटक यस्तो प्रतियोगिताको सन्चालन गरेको हो आगामी प्रतियोगितामा अझ बढी विद्यार्थीलाई प्रतिस्पर्धा गराइनुका साथ कम्प्युटर कक्षालाई प्रभावकारी बनाउने योजना रहेको बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !