जनताको आवश्यकताका आधारमा योजना छनौट गर्नु आवश्यक : प्रदेशसभा सदस्य शाही

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ पुस २९ । निसीखोला गाउँपालिकाव्दारा आयोजित निती योजना सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले जनताको आवश्यकताका आधारमा योजना छनौट गर्नु महत्वपूर्ण विषय भएको र त्यसलाई कार्यान्वयन गर्नका निम्ती पालिकाले दीर्घकालीन योजनाका साथमा अगाडी बद्नुपर्ने बताए । अब विकास निर्माणका निम्ती स्थानीय प्रदेश र केन्द्र सरकारका कारण खासै समस्या नरहेको बताउँदै उनले जनताको महत्वपूर्ण आवश्यकता के हो त्यसको अध्ययन गरेरमात्र योजनाको छनौट गरिनुपर्ने र दीर्घकालीन ?पमा प्रतिफल दिने योजनाको काम गरिनुपर्ने बताए । पालिकाका सबै भुभागमा बस्ने जनतालाई समान रुपमा हेरेर आवस्यकताको आधारमा योजना छनौट गरीएमा ढिलो चाँडो विकासले गति लिने उनको भनाई थियो । आफु प्रदेश सभा सदस्य भइरहँदा निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, र ढोरपाटन नगरपालिकाकोे विकास र समृद्धिका निम्ती आफनो समेत दायित्व भएका कारण प्रदेश मातहतमा हुने कार्यक्रममा स्थानिय पालिकासँग समन्वय गर्दे हातेमालो गरिने बताए ।

कार्यक्रममा निसीखोला गाउँपालिकाको विकास र समृद्धिका निम्ती दीर्घकालीन खालका योजनाको छनौट गर्ने र त्यसलाई स्थानीय पालिका तथा प्रदेश सरकार सँग समन्वय गरी अगाडी बद्ने उद्देश्यस्वरुप कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले ईबागलुङलाई बताए । पौडेलले आफनो पालिकालाई दिगो विकास लक्ष्य अनुसार अगाडी बढाउने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको र यस्तो कार्यक्रमले आफुहरुलाई जनताको विचमा काम गर्न थप सहज हुने बताए । निसीखोला गाउँपालिकाले कृषि, पर्यटन, युवा स्वरोजगार, भौतिक पूर्वाधार विकास निर्माण, शिक्षा र स्वास्थ्य जस्ता विषयमा अगाडी बढिरहेको बताउँदै जनताका महत्वपूर्ण आवश्यकतालाई आत्मसाथ गर्दे दीर्घकालीन योजनाका साथ अगाडी बढिने बताए ।

कार्यक्रममा प्रदेश योजना आयोगका प्रमुख भिमा ढुँगानाले कार्यक्रमको सहजिकरण गर्दै आवधिक योजना र त्यसबाट विकासमा हुने फाईदा, जनताको सुविधाका निम्ती आवस्यक विकासका सुचक, पालिकामा विकास गर्नका निम्ती आवश्यक रणनिती र कार्यनिती, विस्तृत कार्यक्रमको नमुना र जनप्रतिनिधी र जनताको विचमा छलफल र योजनाको छनौट लगाएतका विषयमाथि प्रकाश पारेकी थिईन् । कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष शोभाकुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य, वडा अध्यक्ष, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !