आज देखी पाँच दिवसीय कार्यक्रम सहित राष्ट्रिय योग दिवस मनाईदै !

बागलुङ २०७६ पुस २९ । माघ १ गतेलाई राष्ट्रिय एकता योगको सान्दर्भिकता नारा सहित राष्ट्रिय योग दिवसको रुपमा मनाउन प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा राष्ट्रिय योग दिवस मुल समारोह समिति गठन भएको छ । समितिको सदस्य सचिवमा धौलागिरी आयुर्वेद औषधालयका प्रमुख हरि प्रसाद पौडेल रहेका छन् ।

राष्ट्रिय योग दिवसलाई भव्य, सभ्य र व्यवस्थित रुपमा पाँच दिवसीय कार्यक्रमका साथ मनाईने निर्णय भए अनुसार आज पुस २९ गते बागलुङ नगरपालिका-५ मालिकामा स्वास्थ्य परीक्षण, आयुर्वेदिक औषधी वितरण गरिनुका साथै योगको महत्व बारे जनचेतना अभिवृद्धि गिरिने कार्यक्रम रहेको छ भने माघ १ गते विहान प्रभातफेरी सहित मुल समारोहको आयोजना, माघ २ गते नयाँ जीवन पुनस्थापना केन्द्रमा उपचारमा रहेकाहरुलाई योगशिविर, माघ ३ र ४ गते कारागारमा रहेका कैदीबन्दीहरुलाई योग शिविरको आयोजना गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !