हुँदा खानेहरुलाई, हुने खानेले सदियौँ देखि शोषण गदैँ आएका छन् – अध्यक्ष पाईजा

हेम विश्वकर्मा, खारबजार बागलुङ २०७६ पुस २९ । संयुक्त दलित संञ्जाल बागलुङको पालिका स्तरिय समिति बिस्तार एबं आम भेला बडीगाडको खार बजारमा सम्पन्न भएको छ ।

भेलालाई संम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एबं बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जात–जातिमा रहेको अत्याचारको बिरुद्धमा सशक्त भएर उभिन दलित समुदायलाई आग्रह गरे ।

हाम्रो समाजमा आजको एक्काईसौँ शताब्दीमा आइपुग्दा पनि हुँदा खानेहरुलाई हुने खानेले सदियौँ देखि शोषण गर्दै आइरहेको भन्दै अब त्यस्ता बर्गको अगाडी स्वाभिमानी भएर उभिनुपर्ने पाइजाको भनाई थियो ।

यस्तै कार्यक्रमका विश्ष्टि अतिथि ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले शिक्षा र चेतनाको स्तर बृद्धि नभएसम्म जातिय छुवाछुत अन्त्य नहुने बताए । अब देशमा जातिय लडाँइभन्दा पनि देशलाई समृद्धितर्फ लैजाने बाटो सरकारले खोज्नुपर्ने उनको धारणा थियो ।

पछिल्लो समयमा नेताहरुले दलितबर्गलाई बिभिन्न आश्वासन देखाएर चुनावी मतको दुरुपयोग गरी पटक –पटक झुक्याएकाले आम समुदायलाई राजनितिक स्वार्थको पछाडी नलाग्न आग्रह गर्दै पिछडिएका बर्गहरु अब एकजुट नभएसम्म दलित समुदायको संकल्प पूरा नहुने नगरप्रमुख नेपालीले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रुपा विश्वकर्मा, संयुक्र दलित संजालका अध्यक्ष धिरेन राजवंशी, बडिगाड गाउँपालिका वडा न. २ का वडा अध्यक्ष ढालेन्द्र शेरचन लगाएत दलित अधिकारकर्मीहरुले बोल्दै विश्व मानव समुदाय विकास र वैज्ञानिक चमात्कारको युगमा सामाजिक अन्धविश्वास तथा कुप्रथामा अल्झिरहेको र यिनै तत्वहरुले राष्ट्रको समग्र बिकास निर्माणमा बाधा पारिरहेको तथ्य जाहेर गरेका थिए ।

कार्यक्रमा बडीगाड गाउँपालिका स्थित बिभिन्न वडाका जनप्रतिनिधि दलित समुदायका ब्यक्तित्व, पत्रकार लगाएतको उपस्थितिले बिभिन्न नारा लगाउँदै ग्वालीचौर बजारलाई परिक्रमा समेत गरेको थियो । बिभिध कारणबस आम सभाले नयाँ नेतृत्व चयन गर्न नसकेको बताईएको छ । भेला बडिगाड दलित संञ्जालको आयोजना,संयुक्त दलित संजाल बागलुङको सहआयोजना तथा बडीगाड गाँउपालिकाको आर्थिक सहयोग रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !