आज पुस २७ गते २९८ औँ पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवसको रुपमा मनाईदै

बागलुङ २०७६ पुस २७ । आज पुस २७ गते राष्ट्रनिर्माता श्री ५ बडामहाराज पृथ्वी नारायण शाहको २९८ औँ जयन्ती एकता दिवसको रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मुलकभर मनाईदै छ । केहि वर्ष पहिले सम्म पुस २७ गते पृथ्वी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा दिँदै आएकोमा केहि वर्ष देखी यो परम्परालाई सरकारले तोडेको छ तापनि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक पार्टी एवं विभिन्न संघ संस्थाहरुले आआफ्नै तरिकाबाट राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको जन्म जयन्ती मनाउदै आई रहेका छन् र यस दिनलाई सार्वजनिक बिदा दिन निरन्तर दबाब दिई रहेका छन् ।

यसैवीच बागलुङ सदरमुकाममा आज २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह भव्यरुपमा मनाईने भएको छ । उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा गठित ३७ सदस्यीय नागरिक मुल समारोह समिति २०७६ बागलुङले आज बागलुङ बजार स्थित राधाकृष्ण मन्दिरमा एक कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाउन गैरहेको मुल समारोह समितिका सदस्य सचिव सुदर्शन पन्तले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !