कोपीला कंडेल बागलुङ २०७६ पुस २६ । कपडा तथा फेन्सी ब्यबसायी समिति बागलुङको दशौ साधारणसभा सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले सरकार व्याव्सायी प्रति उत्तरदायी नभएको बताए ।
संघीय प्रणालिको असर प्रत्यक्ष उद्योगी व्याव्सायीमा परेको चर्चा गर्दै अध्यक्ष राजभण्डारीले तिनै तहको सरकार व्याव्सायी मैत्री हुनुपर्नेमा जोड दिए । बिभिन्न समयमा सरकारले फरक फरक तरिकाले झन्झटीलो कर नीति ल्याउदा उद्योगी व्याव्सायी अन्योलमा परेका छन् भन्दै उनले कर नीतिलाई सहज बनाई उद्योगी ब्याव्सायीलाई टिक्ने वातावरण सृजना गर्नका लागि राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
सो अवसरमा उद्योग ब्यवसायी महासंघका जिल्ला अध्यक्ष रतन मलेपती, समाजसेवी देवबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ फेन्सी ब्यवसायी समितिका सल्लाहकार युगेश्वर वझा, नेपाल राष्ट्रिय फेन्सी ब्यबसायी समितिका सदस्य नन्दकली शर्मा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
साधारण सभाको बन्दसत्रले सचिव गोबिन्द सुबेदीले प्रस्तुत गरेको प्रगति र कोषाध्यक्ष गोकुल कंडेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित गरेको थियो ।
कार्यक्रम कपडा तथा फेन्सी ब्यबसायी समितिका अध्यक्ष चन्द्रकान्त शर्माको अध्यक्षता,उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र सचिव गोविन्द सुवेदीको संचालनमा सम्पन्न भएको थियोे ।